३० चैत्र २०८१, शनिबार | April 12, 2025

महामारीका बीच पनि रोकिएन ‘द ब्रिटिस कलेज’को गुणस्तीय शिक्षा प्रदान अभियान



काठमाडौँ । कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले भने अनलाइनमार्फत गुणस्तीय शिक्षा आफ्ना विद्यार्थीहरुलाई प्रदान गरिरहेको छ ।

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण लाल जोशी भन्छन्, ‘फेब्रअरी, २०२० मा कोरोनाभाइरसको खबर संसारभर फैलियो । नेपालका आम मानिसहरू पनि यो भाइरसबारे निकै उत्सुकताका साथ सरकारबाट सूचनाको प्रतिक्षा गरिरहेका थिए । उक्त समयमा ब्रिटिश कलेजले फेस टु फेस कक्षा सञ्चालन गरिरहेको थियो । नेपालमा कोरोना संत्रmमणबारे रिपोर्ट सामान्य रूपमा मात्र गरिएको थियो । सबैलाई झैँ कलेजलाई पनि लागेको थियो ,यो महामारी समयमा नै नियन्त्रण हुन्छ भनी ।’

विश्वभरका विश्वविद्यालयहरू बिस्तारै अनलाइन कोर्स डेलिभरीमा गर्ने तयारीमा लागेपछि ब्रिटिस कलेज व्यवस्थापनले पनि परिस्थितिको आंकलन गर्दै वैकल्पिक विधिका लागि तयारी सुरु गरेको थियो ।

कलेजका एसोसियट डिन जोशी भन्छन्, ‘हामी हाम्रो साझेदार विश्वविद्यालयहरूसँग सल्लाह र परामर्श सूरू भयो। आगामी महिनाहरूमा विभिन्न प्रकारका व्यवधानहरू व्यवस्थित गर्न विस्तृत परिदृश्य योजनामा व्यस्त थियौं। यसैका बीच हामीले आफ्ना शिक्षक वर्ग र सहयोगी कर्मचारीलाई तालिम दिने काम गर्यौँ । सोही योजना अनुरुप हामी अगाडि बढ्यौँ ।’

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले विभिन्न योजना ल्याउने रणनीतिमा रहेको थियो । जोशी भन्छन्, ‘२५ मार्च, २०२० मा सरकारले कोरोना नियन्त्रणका गर्न भन्दै दुई हप्ताका लागि लकडाउन गरेको घोषणा गर्यो । त्यसबेलासम्म हामी शैक्षिक वर्ष २०१९-२० को अन्तिम सेमेस्टरको बीचमा थियौं । हाम्रो तयारी र जोखिमलाई समयमै मूल्यांकन गर्ने क्षमताको कारण, हामी २२ मार्च, २०२० देखि अनलाइन मोडमा क्लास सुरु गरिसकेका थियौँ । संयोगवश, हाम्रो पार्टनर विश्वविद्यालयले २२ मार्च, २०२० बाट आफ्नो अनलाइन कक्षा पनि सुरू गरिसकेका थिए । बेलायतमा रहेका विश्वविद्यालयहरुले जुन स्तरमा अनलाइन क्लास दिइरहेका छन् सोही गुणस्तर पालना गर्दै ब्रिटिस कलेजले पनि आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ ।’

ब्रिटिस कलेजले विद्यार्थीहरुको पढाइमा कुनै पनि प्रकारको समस्या आउन नदिन एकपछि अर्को रणनीति बनाउँदै अगाडि बढिरहेको जोशी बताउँछन् । उनी अगाडि भन्छन्, ‘अनलाइन कक्षा प्लेटफर्म हाम्रा सबै सम्बन्धित सरोकारवाला, विद्यार्थी र शिक्षण स्टाफका लागि नयाँ थियो, जे होस्, हामी यसलाई तयार भएको थोरै समयमा हामीले यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सफल भयौ ।’

त्यस्तै, ब्रिटिस कलेजले यो कठिन अवस्थामा पनि विद्यार्थीलाई भर्चुअल रुपमा सर्भिसहरु दिने काम गर्दै आइरहेको उनले जानकारी दिए । यो अवधिमा ब्रिटिस कलेजका सबै स्टाफहरू घरबाटै काम गरिरहेका छन्, र अनलाइन कक्षा र सेवाहरूमा जानकारीबारे प्रतिक्रिया लिन दैनिकरुपमा लागीरहेको बताउँछन् ।

उनी भन्छन्,‘यसबीच देखिएको मुख्य समस्या भनेको विद्यार्थी र शिक्षण स्टाफका लागि इन्टरनेट सेवा र बिजुली रहेको थियो । यो समस्यालाई सुल्झाउनको लागि कलेजले सबै विद्यार्थीहरूलाई अनलाईनमा प्रत्यक्ष लाईभ लेक्चर र रेकर्ड गरिएको लेक्चरहरु समेतको उपलब्ध गराउँदै आइरहेको छ ।’

विद्यार्थीहरु आफुले समय मिलाउन नसकेर छूटेका लेक्चरहरुको समेत केही समय पछाडि पनि अध्ययन गर्नसक्ने नयाँ वातावरणको सिर्जना गरिएको जोशीले जानकारी दिए ।

कोरोन महामारीले शैक्षिक क्षेत्र अस्तव्यस्त बनाएको अवस्थामा यूरोप र अमेरिकाका सबैखालका यूनिभर्सिटीहरुले विद्यार्थीको पठन पाठनहरूलाई प्रमुख रुपमा अनलाईन मार्फतनै अगाडि बढाएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ५२ बजे

पार्किन्सन रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने विधिको विकास

जेरुसेलम। इजरायली अन्वेषकहरूले पार्किन्सन रोगको लक्षण देखिनु भन्दा धेरै अघि

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको

मिश्र र राणालाई रिहाई नगरे आन्दोलन : पशुपतिशम्सेर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफना नेताहरुको

चैत्र शुक्ल पूर्णिमा : हनुमानको जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक