२ मंसिर २०८१, आइतबार | November 18, 2024

पश्चिमाञ्चल क्याम्पस पोखरामा चट्टान र सुरुङ विषयको पढाइ शुरु



पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इन्जिनियरिङको पढाइ शुरु भएको छ ।

सुरुङ इन्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ शुरु गरिएको हो ।

सिभिल इन्जिनियरिङमा स्नातक पास भई इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन शुरु गरिएको क्याम्पस प्रमुख इञ्जिीनियर रामप्रसाद पौडेलले बताए ।

उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन शुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा शुरु हुनेछ ।

पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र सोका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इञ्जिीनियरिको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए । उनले भने, “रक एण्ड टनेल हालको अवस्थामा बढी जनशक्ति माग भएको क्षेत्र हो, देशले खोजेको जनशक्ति स्वदेशमै उत्पादनका गर्ने योजनाअनुसार यस वर्षदेखि कक्षा शुरु गरेका हौँ, कोरोनाले प्रभाव पारे पनि अहिले अनलाइन विधिबाट अध्यापन थालनी गरेका छौँ ।”

क्याम्पसले प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एशोसिएशन, हाइड्रो ल्याब, एनइए इन्जिनियरिङ लगायतका विभिन्न संस्थासँग सहकार्य गर्ने र उनीहरुको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाएको छ । सो कार्यक्रमको कोर्ष सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ ।

सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ ।

“नेपाली विषयविज्ञ जो हाल विदेशमा हुनुहुन्छ उहाँहरु अध्यापनका लागि आउन तयार रहनुभएको छ त्यसका साथै नेपाल टनेलिङ एशोसिएशनमा २०० जति विज्ञ आबद्ध हुनहुन्छ, उहाँहरुबाट सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिन्छौँ ।” उनले भने ।

यसअघि क्याम्पसले विषयविज्ञ भेला गरी सुरुङ इन्जिनियरिङको पाठ्यक्रम तयार गरेको थियो । सो पाठ्यक्रमलाई त्रिविले अनुमोदन गरेपछि पढाइ शुरु गरिएको क्याम्पसका चट्टान तथा सुरुङ कार्यक्रममा संयोजक कौशलचन्द्र जिसीले जानकारी दिए ।

उनले भने, “प्रोग्रामका हिसाबले रक एण्ड टनेल देशमै पहिलो हो, हाम्रोजस्तो पहाडी चट्टानी भौगोलिक अवस्था भएको मुलुकमा रेल, सडक, जलविद्युत्, सिँचाइलगायत जति पनि पूर्वाधारका काममा सुरुङ निर्माण अपरिहार्य छ । गण्डकी प्रदेश सरकारले पनि यस विषयमा चासो देखाएको छ ।”

यस विषयको पाठ्यक्रम भौगोलिक अवस्थिति अध्ययन, चट्टान अन्वेषण, अन्वेषण प्रविधि, कन्स्ट्रक्सन प्रविधिलगायतमा केन्द्रित रहेको संयोजक जिसीको भनाइ छ । यसबाट उत्पादित जनशक्ति पूर्वाधार आयोजनामा उच्च माग भएका हुने बताइन्छ । गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पठनपाठनमा सहयोग गरेको छ । पाठ्यक्रम तयार गर्न १० लाख बजेट उपलब्ध गराएको सरकारले चालू वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरेको छ ।

इञ्जिीनियरिङ अध्ययन संस्थानका डीन डा. शशीधरराम जोशीले राष्ट्रको आवश्यकता र मागका आधारमा नयाँ नयाँ कोर्ष शुरु गर्दै जाने बताए । जोशीले पहिलो ब्याचका विद्यार्थीलाई शुभकामना दिँदै देशले खोजेको जस्तो दक्ष जनशक्ति उत्पादन हुने विश्वास लिए । चट्टान तथा सुरुङ इन्जिनियरिङको जनशक्तिको अहिले देशभित्र माग उच्च रहेको बताउँदै उनले भने “सुरुङमार्ग निर्माणका कतिपय योजना रहे पनि जनशक्ति अभावमा ती योजना आशातीतरुपमा अघि बढ्न सकेका छैनन्, देशभित्रै दक्ष जनशक्तिको उत्पादनमा यहीको शिक्षाले सघाउने छ ।”

पश्चिमाञ्चल क्याम्पसमा सो कोर्षको अध्यापनका लागि नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । पाठ्यक्रम निर्माण, प्राध्यापक व्यवस्थापन लगायतमा सो विश्वविद्यालयले सघाएको थियो । एनटीएनयूका प्रोफेसर डा. कृष्णकान्त पन्थीले चट्टान तथा टनेल इन्जिनियरिङमा नेपालले क्षमता विकास गर्नु आवश्यक रहेको बताए ।

नेपाल टनेलिङ एशोसिएशनका अध्यक्ष डा ज्ञानेन्द्रलाल श्रेष्ठले कोर्षको सफलताका लागि एशोसिएशनले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी पश्चिमाञ्चल क्याम्पसले यसै वर्षदेखि स्नातकोत्तर तहमा ‘जिइयोम्याट्रिक्स इन्जिनियरिङ’को पनि पढाइ शुरु गरेको छ ।

काठमाडौँ विश्वविद्यालय पछि पोखरामा यस विषयको पढाइ शुरु भएको हो ।जिइयो म्याट्रिक्समा स्नातक विसं २०६९ बाट शुरु भएकामा अहिले स्नातकोत्तरको समेत अध्यापन शुरु गरिएको सहायक क्याम्पस प्रमुख सुनिल दाहालले बताउनुभयो । यस कार्यक्रममा १६ जना विद्यार्थी छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १ : ०३ बजे

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

आजबाट अल्फाबिटाको सेवा नेपालगन्जबाट

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आजबाट आफ्नो शाखा नेपालगन्जमा

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को

ढुङ्गानाको योगदान राष्ट्र र जनताले सम्झिरहनेछन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका