काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफरिस गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले बामदेवलाई राष्ट्र्पतिबाट मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा बामदेवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न २०७६ फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो।
यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई सरकारले सिफारिस गर्न लागेको जानकारी गराएका थिए ।
प्रतिक्रिया