५ माघ २०८१, शनिबार | January 18, 2025

भारत सरकारबाट पाँच जिल्लाका बाढीपहिरो पीडितलाई टेन्ट र त्रिपाल सहयोग



काठमाडौं । छिमेकी मित्रराष्ट्र भारत सरकारले नेपालका पाँच जिल्लाका लागि टेन्ट तथा त्रिपाल लगायतका राहत सामाग्री सहयोग गरेको छ ।

भारतीय राजदूताबासका नियोग उपप्रमुख नामग्य सीखम्पाले आइतबार नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई ती सामग्री हस्तान्तरण गरेकी छिन् ।

भारतद्वारा सहयोग गरिएका उक्त राहत सामग्री पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित प्रभावित परिवारलाई वितरण गरिनेछ ।

स्थानीय सरकारसँग समन्वय गरी कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका बाढी तथा पहिरोपीडितलाई नेपाल–भारत महिला मैत्री समाजले यी सामाग्री वितरण गर्नेछ ।

प्रदेश नम्बर २, ३, ५ र ७ का यी पाँच जिल्लामा यसपटक बाढी पहिरोले निकै क्षति पुर्याएको छ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत यो राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ३ : ५९ बजे

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

काठमाडौं । नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया,

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट कावासोतीमा १ जनाकाे मृत्यु

नवलपुर । नवलपुरको कावासोती-३ सभापति चोकमा भएकाे सवारी दुर्घटनामा परी

आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखी : पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु

तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल सप्ताह-२०८१ सम्पन्न

बुटवल । तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल सप्ताह-२०८१ समापन गरिएको

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले गरे तिनाउ नदिमा स्थलगत अनुगमन

बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले