३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

जापान : को हुनसक्छ आबेको उत्तराधिकारी ?



टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको छ । विकल्प तयार भइसकेको देखिँदैन ।

यहाँ केही सम्भावित उम्मेदवारहरूको पार्टीगत भूमिकाबारे चर्चा गरिएको छ ।


तारो एसो

वित्तमन्त्री र उप प्रधानमन्त्रीको रूपमा दोहोरो जिम्मेवार सम्हाल्दै आएका ७९ वर्षीर्य तारो एसो लिबरल डेमोक्र्याटिक पार्टीको पाका नेता भएपनि सम्भावित उत्तराधिकारी हुनसक्छन् ।

आवेका निकट सहयोगी एसोले सन् २००८ देखि सन २००९ सम्म प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । तर उनले सन् २०१२ देखि उपप्रधानमन्त्री र वित्तमन्त्रीका रूपमा काम गर्दै आएका छन् । सन् २००९ मा सत्ताधारी एलडीपी पार्टीले नराम्रो पराजय व्यहोरेसँगै एसोले प्रधानमन्त्रीको पद त्याग्नुपरेको थियो । लामो समयदेखि उनले उच्च पदमा पुग्ने आशा राखेपनि आवेको आर्थिक सुधारको नाराले उनी छायाँमा पर्दै आएका छन् ।

उनको लामो राजनीतिक जीवन बुढापाका व्यक्तिमा सरकारी लगानी खेर फाल्नु नहुने भन्ने विवादास्पद भनाइका कारण बारम्बार छायाँमा परेको छ । उनले संवैधानिक सुधार गर्ने समय जर्मनी नाजीबाट सिकेर सरकारी लगानीलाई जोगाउनु पर्ने भनी दिएको प्रतिक्रियाले एलडीटीमा ठूलै विवाद ल्याएको थियो । उनले सन् २००८को विश्वव्यापी आर्थिक सङ्कटका वेला व्यापक आर्थिक प्रोत्साहनको कार्यक्रम ल्याउनुभएको थियो ।

इवेरु इशिबा

पूर्व रक्षामन्त्री शिगेरू इशिबा एक सैन्यकुशल क्षमता भएका नेता मानिन्छन् । पप संगीतको फ्यान भएका कारण युवाजगतमा उनी लोकप्रिय छन् । पुरानो बैंकर तथा राजनीतिक परिवारका सदस्यसमेत रहेका इवेरूको सरकार सञ्चालनमा महत्वपूर्ण अनुभव रहेको छ ।

उनलाई जापानको राजनीतिक क्षेत्रमा प्रखर वक्ताको रूपमा हेरिन्छ । उनी केवल २९ वर्षमा जापानको संसद सदस्यमा निर्वाचित भई आएका हुन् ।

आबेले जस्तै इशिबालाई आफ्नो कार्यक्रमको सशक्त प्रतिवाद गर्नसक्ने नेताका रूपमा लिइन्छ । उनले संविधानमा देशको आत्मरक्षा बलको भूमिकालाई शान्तिपूर्णरूपमा अझ मजबुत बनाउन चाहन्छन् । जापानले आफ्नो माटोमा आणविक हतियार निषेध गर्ने नीतिमा पुनर्विचार गर्नुपर्दछ कि हुँदैन भन्ने कुरामा उनी मध्यम धारको धारणा राख्ने व्यक्ति हो ।

उनले पनि लामो समयसम्म मन्त्री परिषद्मा काम गरेको अनुभव छ । आबेको सफलतामा जनसमर्थन त प्रमुख थियो नै उनका मन्त्रीहरूको पनि उत्तिकै अहम् भूमिका रहेको थियो । कुनै समय एलडीपीकबाट अलग भएका इशिबा दलकै सांसदहरूबीच कमै लोकप्रिय मानिन्छन् । उनले सन् २०१८ मा एलडीपीको तर्फबाट सरकारको नेतृत्वका लागि भएको निर्बाचनमा भारी मतले आवेसँग पराजित भएका थिए । इशिबाले कुनै समय दल परित्याग गरेको भएपनि एलडीपीले उनको क्षमताको मूल्याङ्कन गर्दै महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

योशिहिदे सुगा

आबेको पहिलो कार्यकाल पछि विश्वाशिलो सल्लाहकारको रूपमा राष्ट्रिय प्रतिष्ठा कमाएका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका अर्का बलिया दावेदार मान्न सकिन्छ । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि उनले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए । जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ । मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ ।

उनी प्रायः सरकारको अनुहार पनि थिए । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आवेले सुगालाई नै दिएका थिए ।

वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रयाटहरुले भरिएको सत्ताधारी पार्टीमा उनी किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता हुन ।

सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिरेका थिए । जहाँ उनले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो । उनी सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बनेका थिए भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित भएका थिए ।

फुमिओ किशिदा

अहिले सत्तारुढ पार्टीको नीति प्रमुखको रूपमा काम गर्ने पूर्व विदेशमन्त्री फुमिओ किशिदा प्रधानमन्त्रीका अर्का दावेदार हुन । उनलाई प्रायः आबेको मनपर्ने नेता तथा प्रवल उत्तराधिकारीका रूपमा हेर्ने गरिएको छ । तर उनको नरम बोली र करिश्माको अभाव उत्तराधिकारीको सम्भावित अवरोधका रूपमा आउनसक्ने बताइन्छ ।

किशिदाको पहलमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई प्रथम विश्वयुद्धका समय अमेरिकाद्वारा खसालिएको अणुवमका कारण ध्वस्त भएको शहर हिरोसिमामा ल्याउने साहसी तथा नवीन कार्यका लागि ख्याति कमाएका छन् ।

त्यस पहिले अमेरिकी राष्ट्रपतिका हैसियतमा कसैले पनि हिरोसिमामा पाइला हालेका थिएनन् । उनकै समन्वयमा जापान र दक्षिण कोरियाबीच सन् २०१५ मा भएको राजनीतिक सम्झौता भएको मानिन्छ । उनी हिरोसिमाबाट निर्वाचित प्रतिनिधि हुन । सम्झौताको उद्देश्य जापानको कब्जाको क्रममा यौन दासहरुको प्रयोगलाई लिएर ती मुलुकहरुबीचको लामो समयदेखि चलिरहेको विवाद समाप्त गर्नु हो ।

तारो कोनो

रक्षामन्त्री तारो कोनो कुनै समय महत्वाकांक्षी र स्वतन्त्र विचारधारा भएका राजनीतिक सुधारक मानिन्थे । तर ५७ वर्षीय नेता कोनो हालका वर्षहरूमा आबेको मन्त्रिपरिषद्को एक महत्वपूर्ण सदस्यको रूपमा आफ्नो विचारलाई त्यागेको पाइन्छ ।

कुनै समय बेलायत अधिनस्थ रहेको जर्जटाउनमा आफ्नो उच्च शिक्षा हाँसिल गरेका कोनो रक्षामन्त्री हुनुअघि सरकारमा सुधारको पक्षमा वकालत गर्ने मन्त्रीको रूपमा चिनिन्छ । उनले जापानको शीर्ष कूटनीतिज्ञको रूपमा विभिन्न देश र उच्च अधिकारीसँग व्यक्तिगतसम्बन्ध जोड्ने मौका पनि पाएका छन् ।

यस पहिले सन् २०१७ देखि सन् २०१९ सम्म विदेश मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उनको दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि समन्वयकारी भूमिका रहेको मानिन्छ ।

हालका वर्षहरूमा उनले सरकारको आधिकारिक समर्थन दिएर आणविक शक्तिसँगको आफ्नो उत्कट विरोधको बारेमा छलफल गर्न धेरै हदसम्म रोक्नुभएको छ र आफ्नो स्वतन्त्र छविको बाबजुद उहाँ एसो र सुगा दुबैको विश्वास जित्न सफल मानिन्छन् । कोनोले जापानी र अङ्ग्रेजीमा व्यक्तिगत ‘ट्विटर अकाउन्ट’हरू सञ्चालन गरी सामाजिक सञ्जालमा राम्रो उपस्थितिबाट आफूलाई अन्य नेताभन्दा नागरिकसँग बढी साक्षातकार गराई भिन्न देखाउने प्रयास गर्छन् ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ३ : ३८ बजे

दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु

बैतडी । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु

आजको मौसम : देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको

विश्व मधुमेह दिवसमा साइक्लोथोन

बुटवल । बुटवलमा साइक्लोथोन गरेर विश्व मधुमेह दिवस मनाइएको छ

विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष

सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत

काठमाडौं । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल