२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

नेपालगन्जका २ वरिष्ठ फिजिसियनलाई कोरोना पोजेटिभ, सम्पर्कमा आएकालाई क्वारेन्टिन बस्न चिकित्सकद्वयको आग्रह



नेपालगन्ज । बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पश्चिम क्षेत्रमा चर्चित भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई संक्रमण पुष्टि भएपछि उनीहरु सोमबारबाट आइसोलेसनमा बसेका छन् ।

दुवै जनाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यस्थिति सार्वजनिक गर्दै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी दिएका छन् ।

दुई चिकित्सकसहित भेरीमा सोमबार अन्य दुई जना कर्मचारीमा कोरोना देखिएको थियो ।

भेरी अस्पतालका बरिष्ठ चिकित्सक रहेका दुबै जना नेपालगन्ज क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । उनीहरुले बाँकेमा कोरोना चिकित्सकहरुको भूमिका सम्बन्धि रणनीति तथा कोरोना बिरुद्धको अभियानमा स्वास्थ्य निकायको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । डा. रिसाल भेरी अस्पताल नेपालगन्जका कोरोना उपचारको फोकल पर्सन हुन् ।

दुवै डाक्टरले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

डाक्टर पाण्डे थारु समुदायमा मात्र हुने सिकलसेल एनिमिया रोगका अन्वेषक समेत हुन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ११ : १६ बजे

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र

गैँडाको आक्रमणबाट बोटेको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो

प्रधानमन्त्री ओली अस्वस्थ्य, निवासमै आराम गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् ।

दाङको आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि

दाङ । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९

अस्पताल पुगेर घाईतेहरुलाई मुख्यमन्त्रीको आश्वासन – ‘उपचारमा कुनै कमी हुन दिने छैनौं’

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा