काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आइतबार अपरान्हसम्म थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालेले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार झापा, पर्सा र सर्लाहीका तीन जनाको ज्यान गएको हो ।
झापाका ५८ वर्षीय पुरुष, सर्लाहीका ३३ वर्षीया महिला र पर्साका ५६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जनाए ।
मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ । तर, मन्त्रालयको तथ्यांक भन्दा बढी मृत्यु भएको खबर सार्वजनिक भैसकेको छ ।
बुटवल कोरोना अस्पतालमा आइतबार दुई जनाको मृत्यु भैससकेको छ भने शनिबार साँझ चितवनमा मृत्यु भएका कोरोना संक्रमितको तथ्यांक समेत मन्त्रालयले अपडेट गरेको छैन ।
प्रतिक्रिया