२३ भदौ २०८१, आइतबार | September 8, 2024

अछामको कैलाश खोलाको बाढीमा ज्यान गुमाउनेमध्ये तीन जनाको शव अझै सनाखत भएन



अछाम । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन ।

अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो ।

मृतक सबैको शव सदरमुकाम मङ्गलसैन ल्याएको भएपनि उनीहरुको अनुहारमा चोटपटक लागेको र शरीरमा कपडा पनि नभएका कारण शवको पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीमा बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको थियो भने बाँकी ११ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बताए ।

उनले भने, “हामीले सेनाको हेलिकप्टरको प्रयोग गरेर बुधबार रातीसम्म बेपत्ता भएका हरुको खोजी गर्दापनि फेला पार्न सकेनौँ, अहिले बिहानैदेखि खोजी उद्दार टोली खटिएको छ ।”

बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका लागि आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । उक्त खोलाले बगाएर बेपत्ता भएका १७ जना स्थानीयबासीको नाम भने खुलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उक्त खोलाको बाढीमा परि बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ का ४७ वर्षीय नन्दु साउद, ४५ वर्षीया गङ्गा साउद रहेका छन् ।

यसैगरी, १७ वर्षीय रुपेश साउद, छ वर्षीया प्राकृति साउद, ५५ वर्षीय जोगा साउद, ४५ वर्षीय अम्मर शाह, ४० वर्षीया पवित्रादेबी शाह, चार वर्षीय समिर शाह, ३५ वर्षीया सम्झना शाह, ४५ वर्षीय बासु साउद, ४५ वर्षीया लालसरा शाही र आठ वर्षीया बसन्ती शाही रहेका छन् ।

बेपत्तामध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउँदा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाढीले बगाएर मृत्यु भएका छ जनामध्ये रामारोसन गाउँपालिका–५ का १५ वर्षीय नबिन साउद, ३३ वर्षीया गौरी शाह र ४८ वर्षीय चन्द्र साउदको शव सनाखत भएको प्रहरीले जनाएको छ ।

कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौपायासहित १७ जना बगाएको थियो ।

पानीको वहाव उच्च रहेका कारण शवको खोजी कार्य गर्नमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ४ : ५३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर