३० चैत्र २०८१, शनिबार | April 12, 2025

लिवर्टी इनर्जीको आईपीओ खुला



काठमाडौं । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री (आईपीओ) शुरु गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ ।

कम्पनीको साधारण शेयर आज भदौ ३ गतेदेखि चाँडोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका शेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड र चुक्ता पूँजी एक अर्ब १२ करोड ५० लाख छ । साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ ।

कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी तीन महिनाभित्र आयोजनाले विद्युत् उत्पादन थाल्ने कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी दिए ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । सोही कम्पनीले बाग्लुङ जिल्लामा २४ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  १२ : ४० बजे

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए