२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बूढानीलकण्ठमा ५ जनाभन्दा बढी भेला हुन नपाइने



बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ ।

केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको भन्दै साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो ।

त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउन एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व्यापार, व्यवसाय फुटपाथ व्यापार गर्न र भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए ।

समितिले बूढानीलकण्ठ नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  २ : ०४ बजे

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने