३० चैत्र २०८१, शनिबार | April 12, 2025

कपिलवस्तुमा श्रोत नखुलेको साढे २४ लाख भारतीय रुपैया बरामद, रकमवाला ब्यक्ति झोला छाडेर फरार



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर सिमामा तैनाथ सशस्त्र प्रहरी बलले भारतबाट नेपाल भित्राईंदै गरेको साढे २४ लाख भारतीय रकम बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेटमा रहेको सशस्त्र प्रहरी बलको नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले आज बिहान ५ बजे सो रकम बरामद गरेको हो ।

भारतबाट झोलामा भिरेर आउंदै गरेका अवस्थामा सशस्त्र प्रहरीले शंकालागेर चेक जाँच गर्दा उनको झोलामा सेनेटाईजर र औषधीको पोकामा लुकाएर राखेको सो रकम फेला परेको शसस्त्र प्रहरीले जनाएको छ ।

दशगजा भन्दा ५० मिटर नजिकैको नेपाली भुभागमा गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको सशस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए । सशस्त्रको टोलीले शंका लागी झोला खोल्न थालेपछि ती ब्यक्ति झोला छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले दाबी गरेका छन् ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : ५९ बजे

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया