३० चैत्र २०८१, शनिबार | April 12, 2025

आज ऐतिहासिक भगवती जात्रा, पाल्पामा सार्वजनिक विदा



तानसेन । धार्मिक धरोहर भगवती मन्दिरमा मेला लाग्ने दिन आज प्रदेश नं ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले आज शुभकामना सन्देश दिँदै दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता गाथाको स्मरण गराउने बताए ।  उनले कोभिड –१९ विरुद्धको सङ«घर्षमा रहेका बेला विगतभन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरेर जात्रा मनाउन गरेका छन् ।

मन्दिरका अध्यक्ष राजेश्वर उदयले पाल्पाको तानसेनमा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने भाकल गरेको र भाकल पूरा भएपछि गजूरसहितको तीनतले मन्दिर निर्माण गरेको इतिहास उल्लेख भएको बताए ।

उनका अनुसार जात्रामा तानसेन नगरपालिका परिक्रमा गर्ने चलन भए पनि यस पटक मनाइने २०२ औंँ जात्रा शृङ्खलामा सीमित व्यक्तिको सहभागिता हुने छ । आज जाग्राम बसी बुधबार बिहान ११ बजेसम्म सर्वसाधारणका लागि पूजाको व्यवस्थापन मिलाएर पुनः मन्दिरमा स्प्रेले सफा गरेपछि जात्रा निकालिने समितिले जनाएको छ ।

विसं १८७१–७२ मा नेपाल अङ्ग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंको नेतृत्वमा जीतगढी विजय हासिल गरेको र सोको खुशीयालीमा विसं १८७६ देखि भाद्रकृष्ण नवमीका दिन भगवती रथयात्रा गर्ने प्रचलन छ ।

मन्दिरमा हरेक वर्ष भाद्र कृष्णपक्षको नवमीको दिन भगवती जात्रा हुदै आएको छ । मन्दिरमा लाग्ने जात्राका बेला यस वर्षदेखि पाल्पामा सार्वजनिक बिदा दिने प्रदेश नं ५ सरकारले निर्णय गरेको छ । रासस

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : ०२ बजे

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले

पार्किन्सन रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने विधिको विकास

जेरुसेलम। इजरायली अन्वेषकहरूले पार्किन्सन रोगको लक्षण देखिनु भन्दा धेरै अघि

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको