१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

थपिए नेपालमा ३ आन्तरिक विमानस्थल, निर्माणाधिन विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणाधीन अवस्थामा रहेको गुल्मी, इलाम र ओखलढुंगाका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ ।

प्राधिकरणले ती विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेसँगै नेपालमा औपचारिकरुपमा ३ वटा विमानस्थल थपिएका छन् ।

प्राधिकरणका अनुसार गुल्मीको रेसुंगा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार एभिएशनको भाषामा ‘भीएनआरजी’ संकेत प्राप्त भएको छ ।

इलामस्थित फाल्गुनन्द कुसिलुम्बा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ संकेतमा चिनिने छ । उता, ओखलढुंगामा निर्माण हसँदै गरेको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत नम्बर प्राप्त भएको छ ।

नेपालमा आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ४९ थियो । ३ जिल्लाका विमानस्थलहरु थपिएसँगै नेपालभित्र आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ ।

नेपालमा अहिले एउटा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ भने भैरहवामा अर्को अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै बाराको सिमरामा पनि सरकारले अन्तराष्ट्रिय बिमानस्थल बनाउने घोषणा गरिसकेको छ ।

प्राधिकरणसँग हाल (पोखरा, भैरहवा, नेपालगन्ज, विराटनगर) गरि चार वटा आन्तरिक हब विमानस्थल रहेका छन् ।

नेपालको आन्तरिकतर्फ २६ विमानस्थल संचालनमा छन् । १८ वटा विमानस्थल बिभिन्न कारणले केहि वर्ष सञ्चालनमा आएर हाल बन्द अवस्थामा छन् । थप हुँदै गरेका तीन वटै विमानस्थलको धुले मैदानमा प्राधिकरणले परीक्षण उडान गरिसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : ३६ बजे

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ

पर्वत । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक