१ मंसिर २०८१, शनिबार | November 16, 2024

बाढी कुलो बगायो, विद्युत् उत्पादन बन्द



बागलुङ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ ।

पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका–६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ ।

विद्युत् उत्पादनका लागि बनाइएको कुलोभन्दा १०० मिटर माथिबाट खसेको पहिराले कुलो बगाएपछि विद्युत् उत्पादन बन्द भएको आयोजनाका प्रमुख ज्ञानबहादुर श्रीपालीले जानकारी दिए ।

चामीद्वारको खानीखोलामा रहेको खानीखोला लघुजलविद्युत् आयोजनाबाट चामीद्वार, खानीखुरिया, काफँलबोट, काम्लोबोट, कसुङबोट र लाकुमका करिब १६७ घरधुरीले विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् आपूर्ति बन्द भएपछि सबै गाउँमा सञ्चार सेवासमेत प्रभावित भएको छ ।

कुखुरा फार्म, साना कुटानी पिसानी मिललगायतका उद्योगसमेत बन्द भएका छन् । आयोजनाको कुलो मर्मत गर्न २० दिन लाग्न सक्ने श्रीपालीको भनाइ छ । सबै गाउँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । खानीखोलामा हरेक वर्ष बाढी र पहिरोको प्रभाव पर्ने गरेको छ ।

झरी रोकिएपछि जतिसक्दो छिटो कुलो निर्माण गर्ने आयोजनाले जनाएको छ । जिल्लाको निसीखोला, जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा सञ्चालनमा रहेका लघुजलविद्युत्समेत बाढीका कारण प्रभावित छन् ।

अत्यधिक वर्षा हुँदा मुहान बगाउने, प्रसारण लाइनका पोल पहिरोले बगाउने, पाइपलाइनमा बाढी पसेर थुनिनेजस्ता समस्या आयोजनाहरु भोग्दै आएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : ५० बजे

प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय

शाहको क्रिकेट प्रेम : अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म

काठमाडौं । “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी । अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा

खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे

पर्सा । खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा