९ बैशाख २०८२, मंगलबार | April 22, 2025

लकडाउन कडा गर्न विज्ञहरूको सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कर्फ्यु लगाउन सुझाएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसँगै प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसहित केही राजनीतिक दलका नेतृत्वसँग मंगलबार छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कोरोनाको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कफ्यु लगाउनेसम्मका सुझाव आएको जानकारी दिए । ‘विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थान सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्,’ उनले भने ।

सल्लाहकार थापाले अस्पतालमा पूर्वाधार बढाउन आइसियू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न खाले सुझाव आएकामा सरकारले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने बताएका थिए ।

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल भएको जानकारी दिए । उनले परीक्षणको दायरा व्यापक बढाएर संक्रमित क्षेत्रलाई आवश्यकताअनुसार कडाइ गर्ने वा दुई साता लकडाउन गर्ने, लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने वा संक्रमित क्षेत्रलाई सिल गर्ने जस्ता सुझाव दिएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ११ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा