२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा पुनः स्थगित, अब दशैं अगाडि परीक्षा हुन नसक्ने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ पहिलो साताबाट लिने भनेको सबै परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि परीक्षा तत्काल संचालन गर्ने निर्णयबाट त्रिवि पछि हटेको हो ।

राजधानी काठमाडौं लगायत मुख्य सहरी क्षेत्रमा सङ्क्रमणको जोखिम उच्च बन्दै गएपछि विश्वविद्यालय तत्काल परीक्षा सुचारु गर्ने निर्णयबाट पछि हटेको हो ।

स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले बताए । स्थगित परीक्षा अब दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ ।

सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

गत चैत्र ७ गतेबाट सुरु हुनुपर्ने त्रिविको स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा नियमित परीक्षा कोरोना संक्रमणकै कारण स्थगित भएको थियो ।

विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । तर, डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी गराएका छन् ।

त्रिविले आन्तरिक रुपमा परीक्षाको सबै तयारी गरेपनि परीक्षार्थीहरुसँग समेत सम्पर्क हुन नसकेको र नियमित यातायात चल्ने परिस्थिति पनि नदेखिएका कारण परीक्षा प्रभावित हुने आंकलन गरेको छ ।

यातायात संचालन नहुँदा परीक्षार्थीहरु परीक्षाकेन्द्रसम्म पुग्ने सम्भावनै नरहने देखिन्छ । धेरै परीक्षार्थीहरु एकै स्थानमा जम्मा हुँदा सामाजिक दूरी कायम गर्नसमेत सम्भावना नहुने देखिएपछि त्रिवि परीक्षा स्थगित गर्ने सोचाइमा पुगेको हो ।

परीक्षाका विषयमा त्रिविले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसग छलफल गर्ने भएको छ । मन्त्रालयले दिने सुझावका आधारमा सम्भावित परिस्थितिको आंकलन गरी निर्णय लिइने त्रिविले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले लामो समय यही अवस्था रहिरहेमा परीक्षा संचालनको विकल्पबारे सोच्ने पनि जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ३० बजे

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई

वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व संकलन नहुँदा मुख्यमन्त्री आचार्यको गम्भीर चिन्ता : करको दायरामा ल्याउन जोड

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार

स्थानीय सरकारबाट धमाधम शिक्षक आन्दोलनमा एक्यबद्धता आउन थाल्यो

नेपालगन्ज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका र बाँकेको खजुरा गाउँपालिका प्रमुखले