३० चैत्र २०८१, शनिबार | April 12, 2025

कैलालीको टीकापुरमा बाढीका कारण सयौं परिवार विस्थापित, विस्थापितलाई खाना र पिउने पानीको अभाव



कैलाली । बाढीका कारण बस्ने घर डुबानमा परेपछि तीन दिनदेखि कैलालीको भजनी–८ को पुरै वडाका नागरिकको सडकमा बास बसिरहेका छन् ।

सडकमा बसिरहेका नागरिकलाई खाना र पानीको अभाव भएको छ । यसरी सडकमा विस्थापित भएका महिला, बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा भजनी ८ मा मात्रै १ हजार १५० परिवार विस्थापित भएर सडक र नदीको तटबन्धमा बसिरहेका छन् ।

बाढीले घर जान सक्ने अवस्था नरहेकोले बुधबार बिहानदेखि हुलाकी सडकमा बसिरहेका र घरमा भएका अन्नपात र सरसामान पनि नष्ट भएको उनीहरुले बताएका छन् ।

हुलाकी सडकको कृष्णनगरदेखि सोनाफाँटासम्मको उच्च स्थानमा बाढी पीडित विस्थापित परिवार बसालिएका छ ।

बाढीले तल्लो तटीय क्षेत्रमा रहेका टीकापुर, भजनी नगरपालिका, जोशीपुर, जानकी, कैलारी गाउँपालिका बढी क्षति भएको छ । वाढीबाट टीकापुरमा नगरपालिकामा ८ सय २५ परिवार, भजनीमा दुई हजार एक सय ८० परिवार, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार, जानकी गाउँपालिकामा एक हजार परिवार डुबानमा परेका छन् ।

बाढी र डुबानमा परेका स्थानीयलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरेर अग्लो भूभागमा पु-याईएको छ ।

स्थानीय तहले तैयारी खाना र केहि स्थानीयलाई पिउने पानीको ब्यवस्था गरेपनि विस्थापित हुनेको संख्या ठूलो भएकाले स्थानीय तहको खाना र पानी अपर्याप्त भएको पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ४४ बजे

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया