२ बैशाख २०८२, मंगलबार | April 15, 2025

सुन प्रकरणमा एक पछि अर्को रहस्य खुल्दै, बागबजारमा थप १ किलो सुन जस्तै धातु भेटियो



काठमाडौं । प्रहरीले सुनको पोका फालेर भागेको भनिएको कमलादी सुन प्रकरणले नयाँ मोड लिएको छ। प्रहरी कै सुराकिले गोलचक्कर घुमाएको तथ्य सार्वजानिक हुन नपाउँदै प्रहरीले थप एक किलो सुन जस्तै पहेँलो धातु बरामद गरेपछि सुन प्रकरणले नयाँ मोड लिएको हो । प्रहरीले बरामद गरेको सुन यस अघि भेटिएको जलप लगाईएको चाँदी हो वा सुन हो भन्ने बिषय प्रहरीले सार्वजानिक गरेको छैन ।

प्रहरीले महानगरीय प्रहरी वृत्त दरबामार्गमा कार्यरत एक घुमुवा प्रहरीले लुकाउन राखेको अवस्थामा उनकै आफन्तको घरबाट सुन जस्तै धातु फेला पारेको बताईएको छ । दरबारमार्ग प्रहरी बृत्तका सादा पोसाकका प्रहरी प्रशन्न श्रेष्ठले सो धातु लुकाउन लगाएको खुलेको छ। बागबजारमा रहेको प्रसन्नका अफन्ती उमेश श्रेष्ठको घरबाट धातु भेटिएको हो। प्रहरीले सुन प्रकरणमा संलग्न भएको अभियोगमा अर्का प्रहरी जवान बहादुर सिंह कडायतलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। धातु भेटिएको भनियको उमेश श्रेष्ठ पनि यतिबेला प्रहरी नियन्त्रणमा छन् ।

मंगलवार प्रहरीले बरामद गरेको १५ किलो पहेलो धातुको बारेमा कडायतले नै प्रहरीलाई जानकारी दिएका थिए। स्कर्पियो जीपलाई पिछा गर्ने क्रममा गाडीबाट पहेलो धातुको पोका र पेस्तोल फ्याकेको बताईएपनि अनुसन्धानका क्रममा प्रहरीको बयान आफैमा झुट साबित भएको छ । महानगरिय प्रहरी प्रमुख श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको र चेकिङमा रहेको प्रहरी देखेपछि नरोकी हुइँकिएको, प्रहरीले रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो गरेको र त्यही क्रममा गाडीमा रहेका व्यक्तिले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याएको बताएका थिए। उक्त झोलामा चाँदी, सुन र दुई थान पेस्तोल भेटिएको थियो।

यसै घटनामा प्रहरीले पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको छ। तीनै जना भारतीय नागरिक हुन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले भारततिर भाग्दै गर्दा नवलपरासीबाट नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : २७ बजे

त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्क केसीलाई

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीले पाएका

गठबन्धनमा धरमरपछि ओली-देउवाबीच भेटवार्ता, संयन्त्र सक्रिय बनाउने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा

लागु औषधको ‘हव’ बन्दै नेपालगन्ज नाका, एक महिनामा १ सय २८ ग्राम बढी ब्राउनसुगर बरामद

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधि (चैत) मा

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७०