२४ फाल्गुन २०८१, शनिबार | March 8, 2025

विदेशी कामदार ल्याउँदा अनिवार्य स्वीकृति लिन बुटवल उवासंघको आग्रह



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगी व्यबसायीलाई बिदेशी कामदार ल्याउँदा अनिवार्य रुपमा प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरेको छ ।

संघले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरि बिदेशी कामदार (बिशेष गरी भारतीय कामदार) ल्याउँदा प्रशासनको स्वीकृति लिनका लागि उद्योगी व्यबसायीलाई आग्रह गरेको हो ।

विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन पछिपनि कोरोना भाईरसको संक्रमण बढ्दै गएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार ल्याउँदा स्थानीय तह मार्फत अनिवार्य क्वारेनटाईनमा राख्ने, आवश्यक भएमा पिसीआर जाँच गराउने र बिदेशी नागरिक (बिशेष गरी भारतीय नागरिक) कामदार भएमा अनिवार्य प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरिएको हो । यसको रोकथामकालागि तीन तहका सरकारलाई गम्भिर हुन समेत आग्रह गरिएको छ ।

संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा यहि साउन ६ गतेसम्म झण्डै ४ महिना लामो लकडाउन अन्य भएपछि पनि बुटवल बजार क्षेत्रमा कोरोना भाईसरको संक्रमण देखिएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । कोरोना भाईसर (कोभिड–१९) संक्रमण फैलिन नदिनकालागि सरकारले रोक लगाएका उद्योग व्यबसाय बाहेक व्यबसाय प्रतिष्ठान सञ्चालन गर्दा अनिवार्य सुरक्षाका उपायहरु अवलम्बन गर्न आग्रह गर्दै कोही उद्योगी व्यबसायीले अनाधिकृत रुपमा कामदार ल्याउने र कारोना रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड नअपनाएमा त्यसको जिम्मेवार स्वयम व्यबसायी हुनुपर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी व्यबसायी तथा उपभोक्ता समेतलाई भिडभाड कम हुने उपाए अपनाउन र डिजिटल भुक्तानी प्रणाली अवलम्बन गर्न आग्रह गरिएको छ । सरकारी संयन्त्रले पिसीआर परीक्षणलाई साँघुरो पारिएकै कारण समुदाय तहमा कोरोना भाईसर संक्रमण बढेको महशुस गरिएको औंल्याउँदै संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई पिसीआर परीक्षणको दायरा बढाउन तथा व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्बन गराउने कामलाई समेत प्रभावकारी बनाउन जोडदार माग गरिएको छ ।

त्यस्तै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरसको संक्रमणबाट जोगिन र फैलिन नदिनकालागि उद्योगी व्यबसायी सहित आम रुपमा आह्वान गरेको छ । संघले यसको संक्रमणबाट बँच्नकालागि सामाजिक दुरी कायम गर्न, सेनिटाईजर तथा मास्कको अनिवार्य प्रयोग गर्न तथा उद्योगी व्यबसायीले भारतबाट कामदार ल्याउँदा अनिवार्य रुपमा स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गर्दै बुटवल बजारमा माईकिङ् सूचना प्रशारण गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ५६ बजे

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुटवलदेखि नुवाकोटसम्म वाकाथुन

बुटवल । ११५ औँ अन्तर्राष्ट्रिय श्रमहिला दिवसको अवसरमा शनिबार बुटवलदेखि

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता

महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई

बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर । बेलौरी नगरपालिका-३ का वडाध्यक्ष सीताराम रिजालको गए राति