४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रिडी–वामीटक्सार सडक तीन दिनदेखि अवरुद्ध



रिडी । अविरल वर्षाका कारण पहिरो जादा गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड ३ दिनदेखि अवरुद्ध भएको छ ।

शनिवार कालिगण्डकी करिडोर अन्तर्गत जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को (पुल क्याम्प) खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

ठूला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । पानी पर्ने क्रम रोकिए सोमबार साँझसम्म सडक खुल्न सक्ने बताइएको छ ।

पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ११ : २५ बजे

अमेरिकामा संविधान दिवस मनाइयो

अमेरिका । अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी

नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले मनायो स्थापना दिवस

बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले २७

माछापुच्छ्रे बैंकले ल्यायो २४औँ वार्षिकोत्सव तथा चाडपर्व लक्षित अफरै अफरहरु

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउदैँ गरेको

रविको बयान : मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष

सहकारी छानबिनसम्बन्धी संसदीय समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष