काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।
शनिबार सहमति नजिक पुगेको भन्ने समाचार बाहिर आएपनि अर्का अध्यक्ष प्रचण्डले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई बोलाएर कुनै सहमति नभएको बताएका थिए । सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएपछि राजनीतिक बृत्तमा अध्यक्ष द्वयका बीच सहमति भएको अनुमान गरिएको थियो । नेताहरुबीच थप छलफल गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।
प्रतिक्रिया