१८ पुस २०८१, बिहिबार | January 3, 2025

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा



कञ्चनपुर । दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ ।

ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा यहाँका केही घरमा पानी पसेको जानकारी आए पनि अवस्था सामान्य रहेको बताए ।

“भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल छेउको प्रहरीचौकीमा पनि पानी जम्मा भएको खबर आएको छ,” उनले भने, “निकास नहुँदा जलमग्न भए पनि क्षति भएको छैन ।” बजारको उत्तरतर्फका खोला, खहरे होला मासिँदा पछिल्ला वर्षमा डुबानको समस्या हुँदै आएको छ ।

कञ्चनपुर र कैलालीका अधिकांश भागमा रातिदेखि निरन्तर वर्षा हुँदै आएको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ बागबानीमा डुबानमा परेका केही घरका स्थानीयवासीलाई सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।

स्थानीयवासीलाई उद्धार गरी स्थानीय राधाकृष्ण मन्दिर परिसरमा व्यवस्थापन गरिएको भीमदत्तनगरपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ३७ बजे

मदन भण्डारी इन्डो नेपाल भलिबल : आर्मी र मणिमुकुन्दको जित, एक खेल स्थगित

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच

सकियो बुटवलको औद्योगिक व्यापार मेला

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ ।

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री