९ बैशाख २०८२, मंगलबार | April 22, 2025

कोरोना विरुद्ध लड्न सुदुरपश्चिम सरकारलाई ग्लोबल आईएमईको २० लाख सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख सहयोग गरेको छ ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमाबैंकलाई धन्यवाद दिए ।

कोभिड–१९ ले विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा आफ्नो योगदानबाट भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने ग्लोबल आईएमई बैंकले प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ४१ बजे

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा

राप्रपाले बुझायो देशैभरी ज्ञापन पत्र

काठमाडौं । राजतन्त्र फर्काउने आन्दोलनमा सडक आन्दोलनमा रहेको राप्रपाले देशका

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु