२३ भदौ २०८१, आइतबार | September 8, 2024

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नाटकीय ढंगले विकासित भएको चरम अन्तसंघर्षलाई साम्य पार्न प्रयास सुरु भएको छ ।

शुक्रबार बिहान नेकपाका ओली र प्रचण्ड–नेपाल समूह निकट रहेका युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउने प्रयासस्वरुप कृषिमन्त्री घनश्याम भूषाल निवासमा छलफल गरेका थिए ।

अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । गत मंगलबारदेखि पार्टीभित्रको अन्तसंघर्ष अस्वस्थ्य ढंगले सार्वजनिक हुँदै एकले अर्कोलाई सिध्याउने स्तरसम्म गिर्दै छताछुल्ल भएपछि पार्टी फुटको चिन्ताले सहमति चाहने नेता कार्यकर्ता तनाबमा थिए ।

बिहीबारको स्थायी कमिटी बैठक प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको निर्णय गरेसँगै झन बढी तनाबपूर्ण बनेको थियो । बुधबार साँझ प्रचण्ड–नेपालसमुहले ललितपुरको झम्सिखेलमा मोर्चाबन्दी गरेर ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनका लागि मोर्चा खोलेको थियो ।

एकले अर्कोलाई सकेजति थकाउने, गलाउने रणनीति लिएका शिर्ष नेताहरुकै कारण नेकपा पछिल्लो दिनमा चरम संकटमा फस्दै गएको छ ।

बिहीबार स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच छलफल गर्न नेताहरुले सुझाव दिएका थिए । त्यसै आधारमा अहिले ओली र प्रचण्डबीच छलफल भएको हो ।

पार्टी एकतामै गम्भीर संकट उत्पन्न भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीचको यो छलफललाई धेरैले निर्णायक रुपमा विश्लेषण गरेका छन् ।
दुवै अध्यक्षबीच खुलेर छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ०० बजे

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

म्याग्दी । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा ।

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ