नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले केहि महिना पहिले एउटा कार्यक्रममा भनेका थिए, ‘कम्युनिष्टहरु अरु कसैका कारणले नभएर आफ्नै कारणले हार्ने गर्दछन् । कम्युनिष्टहरुलाई हराउने संसारमा कुनै ताकत छैन, उनीहरुको हारका कारण केवल उनीहरु नै हुन् ।’
प्रचण्डले विश्वका धेरै कम्युनिष्ट आन्दोलनको उदाहरण दिंदै सोभियत संघदेखि पुर्वी युरोप सम्ममा कम्युनिष्टहरु अहंकार, आत्म केन्द्रित व्यक्तिवाद, निरंकुशता, टुटफुट र पार्टी भित्रकै अस्तित्वको लर्डांईले कम्युनिष्ट सत्ता र पार्टीहरु गल्र्यामगुर्लुम ढलेको बेलिबिस्तार गरेका थिए ।
प्रचण्डले बोलेका कुराहरुमा उनी आफै कति सचेत र जिम्मेवार रहे/छन् त्यो इतिहासले मुल्यांकन गर्ने नै छ । सार्वजनिक खपतका लागि बोलिने कुरा आफ्नो व्यवहारमा प्रचण्डले कति लागु गरे, उनको राजनीतिक जीवनको इतिहास खोतल्नेहरुले विश्लेषण गरुन । तर उनले भने जस्तै नेपालमा पनि अपार जनताको समर्थन, सदभाव र आशा रहेर पनि जब कम्युनिष्टहरु सत्तामा वा शक्तिमा पुग्छन् त्यति बेला विपक्षी बलियो भएर होईन आफ्नै पार्टी भित्र धमिरा लागेर कम्युनिष्टहरु सत्ताबाट बहिर्गमन हुने गरेका छन् । आफ्नै कुवुद्धिले कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढलेको उदाहरण प्रचण्डकै पहिलो प्रधानमन्त्रित्वकालको मात्र विश्लेषण गरे पनि पुग्छ ।
सत्तामा पुग्नु अघि कम्युनिष्टहरुको तर्क, एकता, समाज, राष्ट्र र वर्गको विश्लेषण वस्तुपरक, यथार्थ र जनमुखी हुने गर्दछ । तर जब शक्तिमा उनीहरु पुग्दछन्, उनीहरुले पुग्नु अघि गरेका विश्लेषण तासको पत्ता जस्तै ढल्न पुग्दछ । उनीहरुले धरातल बिर्सन्छन्, आफुले टेकेको जग बिर्सन्छन्, कार्यकर्ता, जनता, देश राष्ट्र उनीहरुको लागि आफ्नो आशन वा जुत्ता मुनिको ढुलो जस्तै बन्दछ ।
बाहिरीया विपक्षी होईन उनीहरुका लागि घर भित्रकै हिजोका आफ्ना लागि प्राण दिने सहकर्मीहरु ठुला दुश्मन जस्तो लाग्दछ । आफ्नै लागि बाटो कोरिदिने संगठन, पार्टी र त्यसका नेताहरु विपक्षी भन्दा खतरनाक दुश्मन जस्तै लाग्न थाल्दछ । मानौ सत्ता मासुको चोक्टा हो र त्यसलाई लुछ्ने अधिकार आफुमा मात्र छ, अरुले ङ्याङ्यारङुरङुर नगरुन, शक्तिमा पुग्ने नेताहरुले त्यस्तै त्यस्तै महसुस गर्न थाल्दछन् । बाहिरिया दुश्मन र प्रतिपक्षीलाई कमजोर देख्न थाल्दछन् । भित्रकै नेता कार्यकर्ताबाट आफुलाई असुरक्षित भएको उनीहरुलाई लाग्न थाल्दछ ।
यो प्रवृति संसारकै शक्तिशाली तेस्रो ठूलो कम्युनिष्ट पार्टी भनेर दाबी गरिएको नेकपाका एक अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा मात्र होईन, सबै नेताहरुमा देखिएका छ । राज्य सत्ताको सिंहासनमा होस् वा पार्टी भित्रको आन्तरिक आसनमा, जो पुग्छन् उनीहरुले आफ्नो हैसियत देखाइसकेका छन् । जनतामा टेष्टेड नेताहरुको वस्तुनिष्ठ मूल्यांकनले यही देखाउँछ ।
जो कोही कम्युनिष्ट नेताहरु शक्तिमा पुगेका छन् सबैले अहिले ओलीले देखाएकै प्रवृत्ति र स्वभाव देखाएका छन् । महाधिवेशन सकिएपछिका पार्टी नेतृत्व होस् वा निर्वाचन सकिएपछिको देशको नेतृत्व । उनीहरुले निश्चित अवधिका लागि आएको जिम्मेवारी बाँचिन्जेलका लागि प्राप्त अपुताली सम्पत्तीका रुपमा ग्रहण गर्ने गरेका छन् । कोही अछुतो छैनन् ।
पार्टीको नेतृत्वमा पुगेपछि झण्डै २० वर्षसम्म महाधिवेशन नगर्नेदेखि पार्टीभित्र पुरै अल्पमतमा पर्दा पनि पार्टी भन्दा मै ठुलो हुँ भन्ने प्रवृति नेपाली कम्युनिष्ट आन्दोलनका लागि नौलो विषय होइन र हुन सक्दैन ।
त्यसो त कम्युनिष्टहरुले आफुलाई माक्र्सवादी, लेनिनवादी पनि भन्ने गर्दछन् । आफुहरु लेनिनवादी सिद्धान्तका आधारमा चलेको पनि यदाकदा पार्टीका प्रशिक्षणहरुमा उनीहरुले भन्ने गर्दछन् ।
जनवादी केन्द्रीयता कम्युनिष्ट आन्दोलनका नेता लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्त हो । यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिन्छ । यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यता अघि सारेको छ ।
लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवादी केन्द्रीयताका ठोस विषयहरु सुत्रवद्ध गरेको छ । जनवादी केन्द्रीयताका अनुसार, व्यक्ति संगठनको अधिनस्थ हुन्छ । अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ । पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् । केन्द्रीय कमिटी महाधिवेशनको अधिनस्थ हुन्छ र महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ भन्ने मान्यता राख्दछ ।

तर, आफुलाई कम्युनिष्ट हुँ भन्ने नेताहरु भाषणमा आफुलाई लेनिनबादी बताएपनि व्यवहारमा उनीहरुले आफुलाई पार्टी, संगठन र कार्यकर्ताहरु भन्दा धेरै माथिको प्राणी सम्झिरहेका छन् । देशभरी रहेका लाखौं कार्यकर्तालाई दास बनाउँदै उनीहरुकै रगत, पसिना र बलिदानमाथि नेताहरुको रजाईं चलिरहेको छ ।
फेरि पनि नेकपाका नेताहरुमा अलिकति कम्युनिष्टको स्कुलिङ बाँकी छ भने उनीहरुले लेनिनले संगठनात्मक सिद्धान्तका रुपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु मान्न तयार हुनसक्नुपर्छ ।
लेनिनले प्रतिपादन गरेको नीतिअनुसार कम्युनिष्ट पार्टीको सदस्यका लागि न्युनतम् शर्तहरुमा पार्टीको नीति तथा कार्यक्रम मान्ने, पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने र पार्टीलाई नियमित लेबी तिर्ने रहेका छन् । अहिलेको नेकपालाई हेर्ने हो भने पार्टीका संगठन, संगठनका बैठक, संगठनमा हुने छलफल सबै एकादेशको कथा जस्तै बनेको छ । प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष स्वयं बैठक र संगठनबाट भागिभागी हिँडेको अवस्था छ ।
कम्युनिष्ट पार्टीमा व्यक्ति कहिल्यै पनि संगठनभन्दा माथि हुन सक्दैन । अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई विना शर्त लागू गर्नुपर्दछ । यसरी केन्द्रीयता विना पार्टी संगठनहरू परिचालित हुन सक्दैनन् । केन्द्रीयता भनेको अनुशासन हो । त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ । अधिकार खोज्दा कर्तव्यपालना गर्नुपर्छ ।
कम्युनिष्टहरुमा संगठनभित्रका सदस्यहरूको विचार प्रकट गर्ने अधिकार सबैलाई समान रूपमा हुन्छ । सबैका विचारको निष्कर्ष नै निर्णय हो । त्यसप्रकारको निर्णय नै सही निर्णय हुन्छ । संगठनभित्र आफूलाई चित्त नबुझेको कुराको विरोध गर्ने अधिकार पनि समान रूपमा रहन्छ ।
कम्युनिष्ट पार्टीमा व्यक्ति कहिल्यै पनि संगठनभन्दा माथि हुन सक्दैन । अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई विना शर्त लागू गर्नुपर्दछ । यसरी केन्द्रीयता विना पार्टी संगठनहरू परिचालित हुन सक्दैनन् । केन्द्रीयता भनेको अनुशासन हो । त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ । अधिकार खोज्दा कर्तव्यपालना गर्नुपर्छ ।
के नेकपामा यी सबै कुराहरु लागु भएका छन् त ? यो प्रश्नको जवाफ खोज्ने हो भने जो कसैलाई पनि आश्यर्य लाग्दछ । किनकी नेकपा कम्युनिष्ट पार्टी भन्दा पनि सुझबुझ नभएका प्राणीहरुको झुण्ड जस्तो देखिएको छ ।
नेताहरुको बेतुकका तर्कहरुलाई बोकेर उनीहरुको पुच्छर समातेर बैतरणी तर्न खोज्ने हजारौं कार्यकर्ता नामका दासहरुले पनि नेकपालाई कम्युनिष्ट पार्टी बन्न दिएका छैनन् । नेताका गलत विचारलाई पनि सहि हो भन्दै चाकडी गर्ने, पार्टी भन्दा गुट निर्माणमा रमाउने र पार्टी संगठनलाई भन्दा व्यक्तिलाई ठुलो ठान्ने राजतन्त्रात्मक मनोवृत्ति कार्यकर्ताहरुमा रहुन्जेल कसैले चाहेमा वा कामना गर्दैमा नेकपा नेपाल कम्युनिष्ट पार्टी बन्न सक्दैन ।

धरातल बिर्सेर जसरी नेताहरु मल्ल युद्धमा जुटेका छन् त्यसले कम्युनिष्ट पार्टीलाई पु¥याउने आर्यघाट नै हो । विपक्षी कमजोर भएको बेलामा अवसरका रुपमा अवस्थालाई उपयोग गर्ने बेलामा पार्टी संगठन र कम्युनिष्ट पद्धतिलाई खोलामा बगाउँदै नेताहरुले देखाएको गाईजात्राले हरेक क्षण कम्युनिष्ट विचार हारिरहेको छ । नेताहरुको यो प्रवृतिले कम्युनिष्ट विचार नै नेपालबाट बिसर्जनको दिशामा निरन्तर अगाडि बढिरहेको छ ।
जुन धरातलबाट अहिले बहसमा उत्रिएका नेताहरु नेता बने, जुन स्कुलिङबाट अहिलेका नेताहरु नेतृत्वमा पुगे र जुन जगले यिनीहरुलाई सत्तामा पु¥यायो, त्यहि इतिहास फर्केर हेर्ने हिम्मत नेताहरुले नराख्दा नै आजको अवस्था सिर्जना भएको हो ।
आफ्नो विगतको त्याग र अनुशासनको एकपटक सिंहावलोकन मात्र गरिदिए नेताहरुको चेत खुल्थ्यो की ?
प्रतिक्रिया