६ आश्विन २०८१, आइतबार | September 22, 2024

कार दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु



बुटवल । आफैले चलाएको कार दुर्घटनामा परी बुटवलका पत्रकार कृष्ण (बाबु) पाण्डेले मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा मध्यराती भएको सवारी दुर्घटनामा परि न्यूज २४ का बुटवल सम्बाददाता कृष्ण (बाबु) पाण्डेको मृत्यु भएको हो ।

मध्यराती बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।

सडक किरानाको फलामे बारमा ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डे दर्जनौ म्युजिक भिडियोहरुमा खेलेका छन । उनि न्यूज २४ को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालकसमेत हुन ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : १६ बजे

‘भविष्यका लागि शिखर सम्मेलन’ का लागि विश्वका नेता न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१ औं शताब्दीका

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ

अस्लेवा तराई सम्पर्क समाज गठन

बुटवल । अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ ।

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत

मोदी र बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो