७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

विद्यालय कसरी सञ्चालन गर्ने ?



कोरोनाभाइरस सङ्क्रमणका कारण संसार नै फेरिने भएको छ । अवको सामाजिक संरचना कस्तो हुन्छ यकिन गर्न कठिन छ । तैपनि फरक हुन्छ भन्ने कुरा निश्चितनै छ ।

संसारभरका विद्यार्थीहरुमा एक प्रकारको निराशा, भय र आशंका उत्पन्न भएको छ भन्ने अनुमान लगाउन सकिन्छ । तथापि यथार्थमा अध्ययन भने भएको छैन । कसैले गरिरहेको भएपनि त्यस्तो विवरण सार्वजनिक भएको छैन ।

नेपालका निजी शैक्षिक सस्थाहरुका संगठन प्याब्सन र एन प्याव्सनले विद्यार्थीसंग फी लिने सूथना जारी गरेपछि ब्यापक विरोधका आवाज आए । ती आवाजलाई थाम्न नसकेपछि फी मागेको हैन अपिल गरेको हो भन्ने स्पष्टिकरण आयो ।

डी.आर.घिमिरे

उता अदालतले फी नलिनु भनेर आदेश दियो । विद्यालयका शिक्षकलाई तलव कसरी दिने भन्ने चिन्ता अवश्यै होला । तलव नदिनु दुःखमा शोषण गरेको आरोप लाग्ने भयो । कुनै विद्यालयहरुले अवको पढाई कसरी हुन्छ भनेर गृहकार्य गरेको पनि पाइदैन । गरेको भएपनि सार्वजनिक भएको छैन ।
केही समय अघि इटलीमा दुईवटा प्राथमिक विद्यालयले चौरमा पढाउँदा कस्तो हुन्छ भनेर परीक्षण गर्न थालेको समाचार वीवीसीले प्रशारण गरेको थियो ।

संसारका ठूला विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दैछन् । क्याम्व्रिज विश्वविद्यालय, म्यान्चेस्टर, रेडिङ तथा क्वीन्स बेल्फास्टले आफ्ना पठनपाठन अनलाइनवाटै गर्दैछन् । नेपालमा पनि अनलाइन कक्षा शुरु भएका छन् तर, परीक्षा प्रणाली कस्तो हुने भनेर गृहकार्य भएको छैन । एकआध वर्ष यो अवस्था फेरिन सक्ने सम्भावना छैन त्यसैले कामचलाउ पढाई गरेरमात्र हुने वाला छैन । अव परीक्षाको मोडल पनि तयार गरेर जानु पर्दछ ।

दक्षिण कोरियाका विद्यालयहरू एक पटक खुलेर पुनः बन्द भए । विभिन्न देशहरुमा सामाजिक दूरी राख्दै रेस्टुरेन्टहरूसमेत सञ्चालनमा आएका छन् ।

जे होस् अवका दिनमा एउटा विकल्पसहित पढाइ शुरु गर्नु आवश्यक छ । त्यसो हुँदा फी को समस्या पनि समाधान हुनेछ । मेरो विचारमा अव नेपालका विद्यालयले वनाउनुपर्ने योजना कस्तो हुनुपर्ला रु यस अघि पनि मैले केही प्रस्ताव यसरीनै पेश गरेको थिएँ । तिनमा प्रतिक्रिया त आए तर, पूर्ण प्रतिक्रिया आएन । त्यसैले पुनः केही वूँदाहरु प्रस्तुत गरेको छु । यसमा सरोकारवालाले थपघट गरेर पूर्णता दिनु हुनेछ ।

अव विद्यालयहरु यसरी चलाउँदा कसो होला ?
१, सामाजिक दूरी कायम गर्नका लागि एउटा वेञ्चमा दुइजना विद्यार्थीमात्र वस्ने ब्यवस्था मिलाउने ।
२, विद्यार्थीको अनुपातमा सिटको ब्यवस्थापन गर्न असहज हुने भएकोले एक दिन विराएर पढाई गर्ने । अथवा जोर र विजोर रोलनम्वरका आधारमा हप्तामा ३ दिन मात्र अध्यापन गर्ने ।
३, पाठ्यक्रम घटाउने र अलि सृजनशील ढंगले पढाउने ब्यवस्था गर्ने ।
४, वसवाट ल्याउने विद्यार्थीलाई एक लाइनमा एकजनाका दरले वस्ने ब्यवस्था मिलाउने ।
५, ज्वरो नापेर मात्र विद्यार्थीलाई वसमा चढाउने । स्थानीय विद्यार्थीलाई गेटमा वसेर ज्वरो नाप्ने ब्यवस्था मिलाउने ।
६, अव नयाँ विद्यार्थी भर्ना गर्दा स्थानीय क्षेत्रमै भर्ना गर्ने कुरामा जोड दिने । भरसक वसवाट विद्यार्थीको ओसारपसार नगर्ने ।
७, कक्षामा पढाइ सञ्चालन गर्ने सन्दर्भमा पाठ्यक्रम परिष्कृत गर्ने । अर्थात् घोकन्ते भन्दा सृजनशीलतालाई जोड दिने । परीक्षा प्रणालीमा पनि सुधार गर्ने ।
८, गृहकार्य भरसक अनलाइन प्रणालीवाट गराउने । यसले विद्यार्थीलाई फाइदानै हुन्छ ।
९, यी सवै गर्दा शिक्षकलाई अलिकता वोझ पर्छनै तर, समयको माग यस्तै छ भने के गर्ने रु प्रविधिमा दख्खले नहुनेले पढाउन पनि सक्दैनन् होला । यसका लागि आवश्यक तालिमको व्यवस्था गर्ने ।
१०, नेपाल सरकारले पनि यस्ता विधिलाई मान्यता दिने तर्फ आवश्यक तयारी गर्नुपर्छ ।
११, शुल्क नउठेको बहानामा विद्यालयले शिक्षकको तलब रोकेको गुनासा आएका छन् । सवैको अवस्था एउटै नहोला तर, अधिकांश विद्यालयले कम्तिमा एक दुई महिनाको तलब दिन शुल्क नउठे पनि सक्छन् । तत्पश्चात् माथि उल्लेखित विधिवाट पढाई सञ्चालन गर्ने हो भने र शैक्षिक शत्र नविगार्ने हो भने विस्तारै फी उठ्न थाल्छ ।
१२, स्थानीय पालिकाहरुले कुनै न कुनै ढंगले सहजीकरण गरेर सहयोग गर्न सक्ने उपाय के हुन सक्छ त्यसवारेमा आवश्यक गृहकार्य गर्नुपर्छ । मेरो विचारमा वैंक कर्जा हुनेलाई ब्याज घटाउने उपाय केही हुन सक्ला रु पढाइ सुचारु गर्ने विकल्प केही हुन सक्ला रु यसमा अलि विस्तारमा छलफल जरुरी छ । विद्यालयहरुले पनि प्रस्ताव ल्याउन सक्छन् ।
१३, निजी विद्यालयका लागि उच्च मापदण्ड तोकी साना तिना निजी स्कुल मर्ज गर्ने काममा जोड दिन सकिन्छ । जग्गा जमिन नहुनेलाई शिक्षकलाई तलव खुवाउन नसक्नेलाई मर्जमा लैजानु उपयुक्त हुन सक्छ ।
१४, अरु के उपाय हुन सक्लान् ? थप्दै जाऔं र पूर्णता दिउँ । यसो गर्दा अहिलेजस्तो फी उठाउने समस्या आउँदैन । किनकि विद्यार्थीका लागि एक वर्षको महत्व असाध्यै धेरै हुन्छ ।
१५, प्याब्सन एन् प्याब्सनहरुले सरोकारवालासंग छलफल गरेर एउटा मापदण्ड वनाउने काम तत्कालै गर्नुपर्छ । विद्यार्थीहरुलाई यत्तिकै राख्दा मानसिक समस्या आउने सम्भावना पनि उत्तिकै छ । जसको क्षति किमार्थ पैसामा मूल्यांकन गर्न सकिदैन । त्यसैले अभिभावकहरु पनि वालवालिकाहरुको सुन्दर भविष्यलाई सोंचेर एउटा समझदारीमा आउन आवश्यक छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ५६ बजे

कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष

केपी ओलीले लोडसेडिङ हटाउनुभयो, जस अरूले पाए : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी

एमालेको जागरणसभा : भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो

काठमाडौं । नेकपा (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरणसभाको

गरिमा विकास बैंकको १८ औं बार्षिकोत्सवको अवसरमा बुटवल शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । गरिमा विकास बैंक लिमिटेडले बुटवल शाखाले वृहत रक्तदान