कैलाली । क्वारेन्टाईन ब्यवस्थापनमा खटीएका स्वास्थ्यर्मी र स्वंयमसेवकबाटै क्यारेन्टाइनमा बसेकी महिला बलत्कार भएको आरोप लागेपछि प्रहरीले आरोपित ३ जनालाई पक्राउ गरेको छ ।
क्यारेन्टाईनमा बसेकी महिलाले मध्यराती आफु बलत्कृत भएको बताएपछि प्रहरीले महिलाकै आरोपका आधारमा ३ जनालाई पक्राउ गरेको हो ।
भारतबाट गौरीफान्टा नाका हुदै जेठ २० गते देखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी महिलाले क्वारेन्टाइनको ब्यवस्थापनको लागि खटीएका स्वास्थ्यकर्मी सहित ३ जना स्वयंसेवकले आफुलाई जबर्जस्ती गरेको आरोप लगाएकी थिईन् ।
घटनामा संलग्नलाई कडा कारबाहिको माग गदै लम्कीमा राजमार्ग अबरुद्ध पारेर पर्दशन समेत भएको छ । जाहेरी पर्ने क्रममा रहेको जानकारी गराउंदै घटनाको थप अनुसन्धान भैरहेको कैलाली प्रहरीका प्रवक्ता नायव प्रहरी उपरिक्षक प्रतित बिष्टले बताए ।
प्रतिक्रिया