३० चैत्र २०८१, शनिबार | April 12, 2025

रुपन्देही सामुहिक हत्याकाण्ड : मानसिक रुपमा बिक्षिप्त भएर सामुहिक हत्या गरे : प्रहरी



बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामुहिक हत्यामा संलग्न अभियुक्तले आफुलाई होच्याएको र अपहेलना गरेका कारण ५ जनाको हत्या आफैले गरेको बयान दिएको बयान दिएपनि घटनाको प्रकृतिले हत्याकाण्ड रहस्मय देखिएको छ ।

घटना भएको स्थान, घटनाको प्रकृति र स्थानीयबासिन्दाको भनाइका आधारमा घटनाको रहस्य खोतल्न आवश्यक रहेको देखिएको हो । ५ जनालाई लगातार फरुवा प्रहार गर्दा पनि कसैले चाल नपाउनु, घटनास्थलमा छरप्रष्ट नभएर एकै ठाउँमा मारेर तन्नाले छोपेको अवस्थामा शव भेटिनुबाट पनि घटनामा थप अनुसन्धान आवश्यक रहेको देखिएको छ ।

यद्यपी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियुक्तले हत्या सकारेको जानकारी दिएको छ ।

मारिएकाहरुले आफुलाई व्यक्तिगत आक्षेप लगाउने, एक्लो बनाउने र चरित्र हत्या समेत गर्ने गरेकाले विक्षिप्त भएर आफैले हत्या गरेको प्रहरीलाई बयान दिएको जनाएको छ ।

प्रहरीले श्रीमतीले छाडेपछि हत्यामा संलग्न भनिएका सुर्खेतका झसेन्द्रको मानसिक अवस्था कमजोर रहेको र विक्षिप्त भएको भनेपनि स्थानीयले भने उनी शान्त शोभावका धेरै नबोल्ने प्रकृतिका व्यक्ति भएको बताएकाछन् ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेत घर भएका झसेन्द्र सिंजालीलाई प्रहरीले घटनास्थलबाटै बेहोस अवस्थामा पक्राउ गरेको थियो ।

रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार स्थित एउटा पशुफर्ममा मंगलबार बिहान ५ जनाको सामुहिक हत्या भएको थियो । फरुवाले प्रहार गरि हत्या गरिएकाहरुमा पशुफर्मकै कामदार माधव मुसहर, पोखराज मुसहर, जानकी मुसहर तथा कामदार पोखराज मुसहरका साथी करण चौधरी र आशिश चौधरी रहेका थिए । मृतक माधव र जानकी श्रीमान श्रीमती हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले श्रीमतीले छाडेको र मृतकहरुले होच्याएको कारण विक्षिप्त भएर हत्या गरेको हुन सक्ने बताउनुभयो ।

घटनाको प्रकृति र मृतकहरुलाई नजिकबाट नियालिरहेका छिमेकीहरुले भने हत्यालाई रहस्मय बताएकाछन् ।

बेलुका सुत्ने बेलामा छुट्टै कोठामा सुतेका माधव मसुहर र उनकी श्रीमती जानकी मसुहरको समेत एकैस्थानमा हत्या भएपछि घटनालाई स्थानीयले रहश्यमय मानेका छन् । ५ जनालाई पालैपालो फरुवा प्रहार गरिरहँदा एक जनाले पनि थाहा नपाउनु पत्याउन नसकिने भएको नाम नबताउने सर्तमा एकजना स्थानीयले बताए । उनका अनुसार या त उनीहरुलाई बेहोस हुने बिष दिएर प्रहार गरिएको हुनु पर्छ या हत्यामा अन्यको पनि संलग्न हुनु पर्छ ।

प्रहरीले सबैले सँगै मदिरा सेवन गरेर सँगै सुतेको र राती सिंजालीले उठेर फरुवाले प्रहार गरेको बताए पनि अन्य पुरुषहरुसँगै लहरै श्रीमतीलाई सुताउने अवस्था कसैको पनि हुन नसक्ने स्थानीयको विश्लेषण छ ।

प्रदेश प्रहरी कार्यालयले घटना लगत्तै प्रदेश प्रहरी प्रवक्ता बैदवारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ०४ बजे

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले

पार्किन्सन रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने विधिको विकास

जेरुसेलम। इजरायली अन्वेषकहरूले पार्किन्सन रोगको लक्षण देखिनु भन्दा धेरै अघि

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको