८ बैशाख २०८२, सोमबार | April 21, 2025

नुवाकोटका संक्रमित नेकपाका नेता, ककनी–३ लाई १० दिन सिल



काठमाडौं । नुवाकोटमा पहिलो पटक देखिएको कोरोना भाइरसका संक्रमित व्यक्ति नेकपाका स्थानीय नेता भएको खुलेको छ ।
ककनी गाउँपालिका ३ मा संक्रमण पुष्टि भएपछि ककनी क्षेत्र १० दिनका लागि सिल गरिएको छ ।

प्रदेश खानेपानी योजनाका सदस्य समेत रहेका उनी काठमाडौं बारम्बार ओहोरदोहोर गरिरहन्थ्ये । स्थानीय नेतामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा धेरै जना आएको भन्दै गाउँपालिका बन्द गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले विज्ञप्ति जारी गरी ककनी वडा नम्बर ३ मा अब १० दिनका लागि हिँडडुल गर्न नपाइने, वडामा रहेका सबै सरकारी कार्यालयसमेत बन्द रहने, घरबाट समेत निस्कन नपाइने गरी प्रतिबन्ध लगाइएको जनाउनुभएको छ ।

संक्रमित व्यक्तिलाई आइतबार साँझै काठमाडौंस्थित टेकु अस्पतालमा ल्याइएको छ । परिवारका सदस्यहरुलाई भने होम क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १० : ०३ बजे

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली

दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश

वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन