२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

भारतीय क्वारेन्टाइनमा एक नेपालीको मृत्यु



बुटवल । समावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसाईएका एक जना नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका युवा स्याङजाका हरिनाथ नगरपालिका-२ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको भारतीय क्यारेन्टाईनमा मृत्यु भएको हो । जेठ ५ गते देखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका शनिबार मृत्यु भएको नेपाल भारत सिमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले पुष्टी गर्नुभयो ।

मृतक थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार जिल्ला सदरमुकाम महाराजगंज अस्पतालमा उपचार पश्चात पुनः क्वारेन्टाइनमा ल्याइएको थियो । क्वारेन्टाइन फर्के लगत्तै उनको मृत्यु भएको थियो ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा आईपुगेका थिए। नेपाल तर्फबाट उनलाई बुझ्ने कोहि नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन् । मृतक थापासगै उनको भिनाजु पनि क्वारेन्टाइनमा छन् ।

नेपालले देश भित्रिन चाहनेहरुलाई नेपाल तर्फबाट बुझेर क्यारेन्टाईनमा राख्ने स्थानीयतहको सुनिश्चितताको आधारमा प्रवेश दिने निति बनाएको छ । स्थानीयतहले स्विकार नगर्दा सम्म सीमामा पुगेर अलपत्र पर्ने नेपाली नागरिकलाई नौतनवास्थित स्थापना गरिएको विभिन्न क्वारेन्टाइनमा राख्ने गरिन्छ ।

प्रहरी निरिक्षक अधिकारीका अनुसार मृतकको परिक्षणमा कोभिड-१९ पुष्टी भए भारतमै अन्त्यस्ति गरिने र सामान्य अवस्थामा नेपाल ल्याएर आफन्तलाई सव बुझाईने छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ६ : ०५ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको