काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ ।
झापामा ८ र रुपन्देहीमा १ जना गरी ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
झापाको कचनाकवलको लक्ष्मीस्कुलमा रहेको क्वारेन्टाइनमा रहेका ८ जना र लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउसमा रहेका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. दिपक अधिकारीले बताउनुभयो ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ । यसमध्ये ३८३ पुरुष र ७० महिला रहेको डा. देवकोटाले जानकारी दिनुभयो ।
अहिलेसम्म प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १३६ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।
यस्तै, टेकु अस्पतालबाट चार जना डिस्चार्ज भएका छन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा दुई पुरुष र दुई जना महिला रहेका छन् ।
प्रतिक्रिया