२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

फेरि थपिए ९ जना कोरोना संक्रमित, पहिलोपटक दाङमा पनि भेटिए



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित दिन दिनै बढ्न थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ थप ९ जना संक्रमित थपिएको जनाएको छ । यससंगै संक्रमितको संख्या २६७ पुगेको छ ।
मन्त्रालयका अनुसार दाङमा पहिलो पटक कोरोना संक्रमित देखिएका छन् ।

भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको परीक्षण अनुसार दाङको गढवा–४ र ५ एवं तुलसीपुर–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।

यस्तै, राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना, धरानमा गरिएको परीक्षण अनुसार पर्सा वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै, काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकलाई पनि संक्रमण भएको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ४५ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको