काठमाडौं । सरकारले आज मध्यान्ह प्रस्तुत गर्ने तयारी गरेको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्न अहिले बिहान नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्नु भएको छ ।
आजै दिउसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि त्यसको तयारी र सरकारले तयार गरेको निति तथा कार्यक्रमका बिषयमा पार्टीका नेताहरुलाई जानकारी गराउन सचिवालयको बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान साढे ८ बजे बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
यसअघि बैशाख ३१ गते तय भएको पार्टीको स्थायी कमिटीको बैठक स्थायी कमिटी सदस्य भिम रावलको पिएसओलाई कोरोना पोजिटिभ देखिएको भन्दै स्थगित गरिएको थियो ।
सरकारका संचालनका बिषयमा पार्टीसंग सल्लाह नगरेको र आफु खुी सरकार संचालन गरेको भन्दै नेकपाका २० जना स्थायी समिती सदस्यहरुले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र बुझाए पनि अहिले सम्म बैठक बस्न सकेको छैन ।
बैशाख ३० गते मात्र दुई अध्यक्ष बिच बिबादका बिषयहरु उठान नगर्ने सर्तमा स्थायी कमिटी बैठक बोलाउने सहमती गरेका थिए ।
प्रतिक्रिया