२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

१५ दिन सरकारी कार्यालय बन्द गर्न सिफारिस



काठमाडौं । काठमाडौं उपत्यकामा रहेका अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय १५ दिन बिदा गर्न सिफारिस गरिएको छ ।

उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिम झन बढेको भन्दै बैठकले सबै सरकारी कार्यालय बन्द गर्न कोरोना भइरस रोकथाम उच्चस्तरीय समन्वय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई अनुमोदनका लागि पठाएको छ

यो निर्णय जेठ ५ गतेदेखि लागू गर्न सुझाव दिइएको छ । गत वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय एवं निर्माण सामाग्री ढुवानीलगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्द गर्ने निर्णय भएको छ ।

यो निर्णय अनुमोदन भए सुरक्षा निकाय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १० : ३५ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको