२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

विश्व स्वास्थ्य संगठनको निराशाजनक सन्देश : ‘कोरोना विरुद्धको खोप कहिल्यै नबन्न सक्छ’



काठमाडौं । कोरोना भाइरसबाट प्रताडित विश्वभरका जनतालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निराशाजनक सन्देश सुनाएको छ ।

गएराति भएको नियमिति मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको हो।

डब्ल्यूएचओको संकटकालीन सवाल निर्देशक माइकल रायनले कोरोना भाइरसले आफ्नो रूप बदलेर विश्वमा सधैंभर रहन सक्ने सम्भावना रहेको बताएका हुन्।

‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ डब्ल्यूएचओको मुख्यालय जेनेभामा आयोजित भर्चुअल प्रेस सम्मेलनमा उनले भने।

निर्देशक रायले यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने पनि बताए।

उनले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’

अहिले विश्वभर कोरोनाभाइरस विरुद्ध खोप बनाउने धेरै प्रयास जारी रहेको छ। विश्वका शक्तिशाली देश र वैज्ञानिकहरुले कोरोना विरुद्धको खोपलाई परीक्षणको क्रममा पुर्याएका छन् । तर, यो खोप कहिल्यै सफल बन्न सक्ने अनुमान डब्लुएचओले गरेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ७ : ४८ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको