८ बैशाख २०८२, सोमबार | April 21, 2025

बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी



कलैया । २ नं. प्रदेको बारा र पर्सामा कोरोना संक्रमण ह्वात्तै वृद्धि भएसँगै बारा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

पर्सा जिल्लामा बढ्दै गएको संक्रमितको संख्यालाई मध्यनजर गर्दै पर्साबाट बारा आउने जाने सवारी साधनलाई निषेध गरिएको छ । यस्तै, उद्योग प्रतिष्ठानमा पर्सा र वीरगन्जमा रहनेहरु व्यक्तिहरुलाई काममा नलगाउने समेत निर्णय भएको छ ।

बुधबारदेखि सिकिस्त बिरामीको प्रयोजनबाहेक अन्यलाई दिइएको इ–पासको व्यवस्था पनि खारेज गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०४ बजे

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली

दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश

वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन