२३ भदौ २०८१, आइतबार | September 8, 2024

स्वास्थ्य सुरक्षा मापदण्ड पालनासहित संघीय संसदको बजेट अधिवेशन सुरु हुँदै



काठमाडौं । आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ ।

राष्ट्रपतिबाट अधिवेशन आह्वान भएअनुसार आज अपरान्ह ४ बजे संघीय संसदका दुबै सदनको बैठक सुरु हुन लागेको हो ।

कोरोनाभाइरस संक्रमणको त्रासकै बीच अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको छ ।

संसद सचिवालयले अधिवेशन सुरु हुनु अधि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर बैठकस्थललाई सुरक्षित बनाएको जनाएको छ । बिहीबार सबै सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा कोरोना पोजेटिभ देखिएका सांसदहरुलाई बैठकस्थलमा प्रवेश अनुमति नदिने संसद सचिवालयले जनाएको छ ।

यस अधिवेशनको पहिलो मुख्य काम सरकारको नीति तथा कार्यक्रम पास गर्नु हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते दुवै संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । नीति तथा कार्यक्रममाथि केही दिन छलफल भएपछि त्यसैअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८को बजेट विनियोजन सार्वजनिक गर्नुहुनेछ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यसअघि प्रि बजेट छलफल बैशाख २८ गते आइतबारबाट हुनेछ । बजेट पेश गर्नुअघि १५ दिन अघि नै संसदमा प्रि–बजेटबारे छलफल गर्नुपर्ने नियामावली अुनसार बैशाख २८ गतेबाट प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची तय भएको हो। प्रिबजेट छलफल सकेपछि सरकारको नीति तथा कार्यक्रम पेश गर्नेगरी तयारी भएको छ ।

प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन प्रि–बजेट छलफल गर्ने संसद सचिवालयले कार्यसूची तय गरेको छ । प्रतिनिधि सभामा २८ देखि ३० र राष्ट्रिय सभामा २८ र २९ वैशाखमा प्रि–बजेटमाथिको छलफल सक्ने तयारी छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ५९ बजे

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह