२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

असिनापानीले खेतीबाली नष्ट



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र २ भगवतीको पञ्चासेमा बुधबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट गरेपछि किसान निराश भएका छन् ।

पाकेर भित्र्याउने बेला भएको गहुँ, जौ, उवालगायत हिउँदे बाली असिनाले चुटेर नष्ट गरेको छ । असिनाले फलफूल, तरकारी र मकैबालीलाई पूर्ण रुपमा क्षति गरेको पञ्चासेका झलक आचार्यले जानकारी दिनुभयो । असिनाले यस क्षेत्रका ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको छ ।

यसअघि पनि वैशाख १ गते राति रघुगङ्गा गाउँपालिकाको भगवती, पिप्ले, दग्नाममा परेको असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति गरेको थियो ।

वर्षा र असिनापछि बेगखोलामा बाढी आएपछि बेनी जोमसोम सडकसमेत अवरुद्ध भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँका अनुसार सडक मर्मतका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ४ : ५१ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको