२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

कर्णालीमा स्याउको बीमा गर्ने बढे



जुम्ला । जुम्ला, मुगु र कालिकोटमा लागू भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बनेपछि बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

कर्णालीमा केही वर्षयता स्याउको बिरुवालगायत निर्जीवन बीमाप्रति आकर्षण बढ्दै गएको हो । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बीमाप्रतिको आकर्षण बढ्दो छ ।

कर्णालीका स्याउ फल्ने तीन जिल्लामा स्याउका बिरुवाको बीमा गर्ने सरकारी कार्यक्रम चलेको छ । यो वर्षको सिजनका लागि जुम्लमा ९०० किसानले ५० हजार स्याउका बिरुवाको बीमा गरेका छन् ।

त्यस्तै मुगुमा ३०० किसानले १९ हजार स्याउका बिरुवा र कालिकोटमा ३०० किसानले २६ हजार स्याउका बिरुवाको बीमा गरेका छन् ।

जुम्लामा सबैभन्दा बढी स्याउको बीमा गरिएको शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले कर्णाली क्षेत्रमै सबैभन्दा धेरै जुम्लामा ५० हजार स्याउको बिरुवाको बीमा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक जना किसानले एक बिरुवादेखि ७०० बिरुवासम्मको बीमा गरेका छन् । निर्जीवन बीमा कार्यक्रममा सरकारले ७५ प्रतिशत र बिमितले २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।”

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ११ : २० बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको