२५ चैत्र २०८१, सोमबार | April 8, 2025

कर्णाली प्रदेश ७ दिन सिल गरिँदै



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशलाई सात दिन सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि एक साताका लागि पुरै प्रदेश सिल गर्ने निर्णय गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश सिलको निर्णय गरेको हो ।

प्रदेश सिल गरेसँगै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउन लागिएको सामाजिक विकासमन्त्री एव्ं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले बताउनुभयो । पछि थप गरिएका डोल्पाका दुई स्थानसहित २७ स्थानमा टोली खटाउने निर्णय भएको रावलले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन र आरडीटी गर्नेछ । ‘आवश्यक परेमा सोही स्थानमा आइसोलेसन वार्डसमेत सञ्चालन गरी परीक्षण र उपचारलाई सँगसँगै लगिने रावलले बताउनुभयो ।

प्रदेश सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ ।

प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताउनुभयो ।

लकडाउनयता कर्णाली प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट मात्र १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : २३ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग