२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सीमा विवादबारे भारतको पछिल्लो प्रतिक्रिया : आपसी सम्मानका आधारमा सम्बाद आवश्यक



काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानीमा प्रमाण सहित नेपालले आफ्नो दाबी प्रस्तुत गरेपछि भारतबाट थरीथरीका प्रतिक्रिया आउन थालेकाछन् । मन्त्रीपरिषदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा जारी गरेपछि नेपालको नक्सा अस्विकार गरेको भारतले पछिल्लो पटक नेपालसँगको सीमा विवाद समाधानका लागि रचानत्मक र सकारात्मक प्रयासहरु आवश्यक रहेको प्रतिक्रिया दिएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक पत्रकार सम्मेलनमा नक्सा विवादबारे सोधिएको प्रश्नमा पारस्परिक विश्वासको वातावरणमा आपसी संवेदनशिलता र आपसी सम्मानको आधारको भारत आफ्ना छिमेकीहरुसँग कुरा गर्न खुल्ला रहेको बताएकाछन् ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरे लगत्तै आफ्नो सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि प्रहार भएको टिप्पणी गरेको भारतले सीमा विवादका लागि पारस्परिक विश्वासको वातावरण हुनुपर्ने बताएको हो। पत्रकार सम्मेलनमा श्रीवास्तवले नेपाल र भारतीबीच ऐतिहासिक, सांस्कृतिक सम्बन्ध रहेको भन्दै कोभिड १९ को महामारीको समयमा पनि नेपाललाई सहयोग गरिरहेको स्मरण गरेका थिए।

उनले नेपालमा भइरहेको गतिविधि नियालिरहेका भन्दै सीमा विवादको समाधानका लागि रचनात्मक र सकारात्मक प्रयासहरु आवश्यक हुने समेत बताएका छन्।

भारतले नेपालको लिम्पियाधुरा लिपुलेक हुँदै जाने सडक बनाएपछि नेपालले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ७ : ०४ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका