२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

मंगलबार नेकपाको सचिवालय बैठक बस्ने



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएपछि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु बिच अनौपचारीक छलफल भएको थियो । छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले कुनै निर्णय नभएपनि मंगलबार सचिवालय बैठक बस्नेगरी टुंगिएको बताउनुभयो ।

उहाँले छलफलमा दुईपक्षबीचको मन माझामाझ भएको बताउनुभयो । पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि छिटो भन्दा छिटो सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेता पक्षका नेताहरुले कुराहरु प्रष्टसँग राखेको बताउनुभयो ।

सचिवालय बैठक मंगलबार बस्ने र उक्त बेठकले नै स्थायी कमिटि बैठक बोलाउने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले के भन्यौं भन्दा सरकारका र पार्टीका विना पूर्वाग्रह समिक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ र निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्री को हैसियतमा उहाँले दिने हो ।

गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’ बौठकमा प्रधानमन्त्री ओली समूहबाट इश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भिम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ५९ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको