८ बैशाख २०८२, सोमबार | April 21, 2025

रुपन्देही नृत्यकर्मी संघद्धारा घरबहाल छुटका लागि अपिल



बुटवल । कोरोना भाईरस अर्थात कोभिड १९ बाट नृत्यकला क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव परेको भन्दै रुपन्देहीमा संचालित नृत्यकर्मीेहरुले घरबहाल छुटका लागि अपिल गरेका छन ।

कोभिड १९ बो संक्रमणबाट बँच्न र बचाउन सरकारले लकडाउनको घोषणा गरेसँगै बन्द हुन पुगेका रुपन्देहीका डेढ दर्जन भन्दा बढि नृत्य कला केन्द्रहरु (डान्स सेन्टर)ले संयूक्त रुपमा अपिल जारी गर्दै कम्तिमा १ महिनाको घरबहाल छुट गरिदिन घरबेटीसँग आग्रह गरेका छन ।
कोरोना भाईरसका कारण भाडामा बस्नेहरुलाई थप समस्या परेको ठहर गर्दै नेपाल सरकारले १ महिनाको भाडा नलिनु भन्दै घरधनीसँग अनुरोध गरेपनि सबैले लागु नगरेकोले समस्या उत्पन्न भएको नेपाल नृत्यकर्मी संघ, रुपन्देहीले जनाएको छ ।

लकडाउनका कारण प्रशिक्षार्थी र प्रशिक्षकको अभावमा बन्द भएका डान्स सेन्टरहरुसँग कम्तिमा १ महिनाको घरभाडा नलिन घरधनीसँग अनुरोध गर्दै नृत्यकर्मी संघ, रुपन्देहीले घरधनीका लागि पनि कम्तिमा १ महिनाको बैंक ब्याज मिनाहा गरिदिनु हुन सरकारसँग माग गरेको छ ।
नेपाल नृत्यकर्मी संघ, रुपन्देहीका अध्यक्ष मुकेश गुरुङ र उपाध्यक्ष प्रियन्का थापाले अपिल जारी गर्दै यो बिषम परिस्थितीमा उत्पन्न समस्याको घरमै बसेर समाना गर्न, लकडाउनको पालना गर्न र आफुलाई सुरक्षित राखी धैर्यता अपनाउन सबैसँग आग्रह समेत गरिएको छ ।

अपिलमा साधना साँस्कृतिक कला केन्द्र, सगरमाथा कला केन्द्र, सप्तरङी कला केन्द्र, कुमारी कला केन्द्र, भैरहवा कला केन्द्र, सारथि कला केन्द्र, नृत्यम कला केन्द्र, यस.एम. कला केन्द्र, पिसमाउन्ट कला केन्द्र, निहारिका कला केन्द्र, सैनामैना कला केन्द्र लगाएत बिभिन्न डेढ दर्जन नृत्यकला केन्द्रहरुको समर्थन रहेको समेत जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ३९ बजे

अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वेष्ट्रनलाई

बुटवल । बुटवलमा सम्पन्न अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि

पत्रकार महासंघ रूपन्देहीद्वारा पत्रकार विश्वकर्मालाई आक्रमण प्रयास गर्नेमाथि कारबाही माग

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले पत्रकार राधेश्याम विश्वकर्मामाथि

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन