काठमाडौ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । लकडाउनबारे निर्णय लिन बैठक बस्न लागेको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउनका लागि लकडाउनको समय लम्व्याउने तयारी सरकारको छ ।
सरकार जारी गरेको अन्तिमपटक थपेको लकडाउनको समयावधि भोलि (बुधबार) सकिँदैछ । मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एक साता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ
विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।
प्रतिक्रिया