एजेन्सी । सन २००९ मा अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा निर्वाचित भएको केही महिना मात्रै भएको थियो । त्यसबेला म्यासाच्युट्स् ईन्स्टीच्युट अफ टेक्नोलोजी (एमआईटी) मा कार्यरत बायो ईन्जिनियरिङकी प्रोफेसर ऐन्जेला बेल्सरले राष्ट्रपति ओबामा समक्ष एक प्रस्तुती दिएकी थिईन ।
नयाँ र अचम्म लाग्दो भनिएको त्यो प्रस्तुती भाईरसबाट उर्जा उत्पादन गर्ने विषयमा केन्द्रित थियो । भाईरसबाट उर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा त्यतिबेलासम्म कसैले पनि सोचेका थिएनन् ।
तर प्रोफेसर बेल्सरको प्रस्तुतीले भाईरसबाट ब्याट्री उत्पादन गरि उर्जाको क्षेत्रमा विशेष योगदान गर्न सकिने दावी गरेको थियो । अहिले सिंगो विश्व भाईरसकै कारण आक्रान्त छ । तर आजभन्दा ११ बर्ष अघि भाईरसकै सहयोगमा उर्जा उत्पादन गर्न सकिने प्रोफेसर बेल्सरको सिद्यान्तमा निकै धेरै सम्भावना रहेको तत्कालिन राष्ट्रपति ओबामाले महसुस गरेका थिए । ओबामाको समर्थनपछि प्रोफेसर बेल्सरले विभिन्न १५० बस्तुहरुसंग मिसाएर ब्याट्री बनाउन सकिने भाईरसको त्पादन गरिन ।
प्रोफेसर बेल्सरले भाईरसबाट चल्ने कार बनाउन चाहन्थिन तर विविध कारणहरुले त्यो सपना पुरा हुन सकेन । ब्याट्री बनाउने सोंच भने पूर्ण रुपमा सफल भयो । प्रोफेसर बेल्सरले उतिबेलै भनेकी थिईन, ‘नानो ईन्जिनियरिङको सहयोगमा भाईरसबाट ब्याट्री बनाउन सकिन्छ । उर्जालाईलाई एक्दमै सानो भन्दा सानो स्थानमा राखेर धेरै समयसम्म चल्नसक्ने बनाउन सक्छौं ।’ प्रोफेसर बेल्सरले ब्याट्री बनाउन प्रयोग भएको भाईरसको नाम हो– एम १३ ब्याक्टेरियोफेज ।
सुक्ष्मदर्शक यन्त्रबाट हेर्दा यसको आकार सिगारको जस्तो देखिन्छ । यो भाईरसमा ब्याक्टेरियामा परिणत हुने विशेष गुण हुन्छ । त्यहि ब्याक्टेरियाको सहयोगमा उर्जा प्राप्त गर्न सकिन्छ । प्रोफेसर बेल्सरका अनुसार यो भाईरसको जिनोम अर्थात यसको डिएनएमा रहेका जीनहरुको संचरना निकै सजिलो छ । आवश्यकता अनुसार यसलाई बदल्न सकिन्छ । यदी यसको डिएनएमा थोरै मात्र पनि फेरबदल गर्ने हो भने यसले कुनै अर्को खास बस्तुलाई नष्ट गरिदिन्छ । अर्थात नयाँ भाइरस उत्पन्न गराउँछ । जसले उर्जा उत्पन्न गराउँछ । यो प्रकृयाको गति तिव्र पार्ने हो भने निकै धेरै मात्रामा उर्जा प्राप्त गर्न सकिने प्रोफेसर बेल्सरले बताएकी थिईन ।
यसका लागि प्रोफेसर बेल्सरले जिनेटिकल्ली परिवर्तित एम १३ ब्याक्टेरियोफेजको बाहिरि परतमा प्रोटिनको तह उत्पन्न गराईन । जसमा कोबाल्ट अक्साईडका कणहरु आकर्षित हुन लागे । ब्याट्रीको जुन भागमा कोबाल्ट अक्साईड धेरै हुन्छ, त्यसलाई ईलेक्ट्रोडलाई जस्तै प्रयोग गर्न सकिन्छ । साधारण भाषामा भन्नु पर्दा ब्याट्रीको जुन भागमा कोबाल्ट अक्साईड धेरै हुन्छ त्यो भाग नेगेटिभ प्वाईन्ट र जहाँ हुँदैन त्यो भाग पोजेटिभ प्वाईन्ट हुन्छ ।
यो सफलतापछि प्रोफेसर बेल्सरले अहिले हावाबाट चल्ने भाईरसमा आधारित ब्याट्री पनि बनाईन । अर्थात ब्याट्रीलाई हावाको सम्पर्कमा ल्याउँदा त्यसमा रहेका भाइरस सक्रिय हुन्छन । त्यसले ब्याट्रीमा रहेका अन्य तत्वहरुलाई खाईदिन्छ र उर्जा उत्पन्न गराउँछ ।
प्रोफेसर बेल्सरको यो सफलतालाई देखेर भाईरसबाट टच स्क्रिन बनाउने अमेरिकी कम्पनी क्याम्ब्रियोस टेक्नोलजिस र भाईरस र मीथेलको प्रतिकृया गराई एथीलिन बनाउने कम्पनी सिलुरिया टोक्नोलोजिसले पर्याप्त मात्रामा लगानी गरेका छन । अहिले यहि सिद्यान्तका आधारमा ब्याट्री उत्पादनको काम तिब्र गतिकासाथ चलिरहेको खबर भारतीय टेलिभिजन आजतकको अनलाईन संस्करणमा उल्लेख छ ।
प्रतिक्रिया