२२ पुस २०८१, सोमबार | January 6, 2025

राहत वितरण गर्दै समाजवादी नगरअध्यक्ष जैसवाल



भैरहवा । समाजवादी पार्टी सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरका विभिन्न वडामा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालले पनि लकडाउनको घोषणा गरेको र लकडाउन पालना गर्ने क्रममा विपन्न परिवार मारमा परेकोले राहत सामाग्री वितरण गरिएको जैसवालले बताए ।

“मानवताको धर्म अनुसार कमाएको केही अशं विपन्न परिवारलाई सहयोग गर्नुपर्छ, त्यही अनुसार नगरको १३ वटै वडामा राहत सामाग्री वितरण गरिनेछ, उनले भने ।” उनले दैनिक उपभोग्य सामाग्री चामल, भुजा र सोयाबीन वितरण गरिएको बताए । हालसम्म वडा नम्बर १, २, ६ र ११ मा २२५ परिवारलाई राहत सामाग्री वितरण गरिएको जैसवालले जानकारी दिए ।

नगर अध्यक्ष जैसवालको अगुवाईमा नगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको समाजवादी पार्टी सिद्धार्थनगरका सचिव राममिलन यादवले बताए ।

यस्तो कठिन परिस्थितिमा विपन्न नागरिकको घरदैलोमा पुगेर राहत वितरण गर्नु सराहनीय रहेको समाजवादी पार्टी प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेयले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : २७ बजे

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

वीरगञ्ज । वीरगञ्ज महानगर पालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको

लण्डनमा गुन्जियो कन्दरा

बेलायत । ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले

एमाले केन्द्रीय समितिको बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सोमबार

पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारीको साधारणसभा विभिन्न कार्यक्रम गरि मनाइयो

बुटवल । तिन चरणमा सम्पन्न पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष