१७ पुस २०८१, बुधबार | January 1, 2025

रोटरी क्लब अफ तिनाउद्रारा प्रदेश सरकारलाइ सहयोग रकम हस्तान्तरण



बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

प्रदेश ५ सरकारले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि स्थापना गरेको कोषमा क्लबले ६० हजार रुपैया सहयोग गरेको हो ।

क्लबका सदस्यहरुबाट संकलन गरिएको उक्त रकम क्लबका अध्यक्ष भगवती पाण्डे र सचिव अमृता भुसालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।

क्लबले प्रदान गरेको चेक ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले व्यवसायीक तथा सामाजिक संघसंस्था समाज र सरकारलाई जोड्ने अभिन्न अंग रहेकोले विपद्को समयमा सरकार र समाजलाई सहयोग गर्नु कर्तव्य भएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेललाई क्लबका अध्यक्ष भगवती पाण्डेले रोटरी क्लब अफ तिनाउ बुटवल नेपालका रोटरी क्लबहरुको विचमा एकमात्र सतप्रतिशत महिलामात्र सदस्य रहेको क्लब भएको जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५१ बजे

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४

तोलामा १४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय

भारतीय पर्यटकले ठोरी खचाखच

वीरगञ्ज । ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको पहिलो महिनाको पहिलो दिन

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

स्याङ्जा । यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको