२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

बुटवलका बिभिन्न वडाहरुमा राहत बितरण सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले ज्यालादारी मजदुरी गर्ने अति विपन्न तथा अशक्त वर्गलाई राहत वितरण गरेको छ ।

नगरमा रहेका दाताहरुबाट सहयोग जुटाएर वडाका विभिन्न टोल विकास संस्थामार्फत प्रत्येक घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन विवरण गरिएको हो । शुक्रबार वडा नं ७ का स्थानिय समाजसेवी बालकृष्ण तिवारी र डोमकला तिवारीले छोराको नाममा स्थापना गरेको स्व दिलिप तिवारी अक्षयकोषमार्फत ४० हजार रुपैया बराबरको राहत सामग्री स्थानिय वडा मार्फत नगर प्रमुख शिवराज सुवेदीले सहयोग वितरण गर्नुभएको छ ।

अक्षयकोषमा रहेको १ लाख ५० हजार रुपैयाको ब्याज रकमबाट प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउदै आएको नारायण तिवारीले बताउनुभयो । वडा नं ७ र वडा नं ८ का एक सय धरधुरी परिवारलाई रोटरी क्लब अफ बुटवलले स्थानिय टोल समिति मार्फत राहत वितरण गरेको छ ।

वडा न ७ मा ८० परिवार तथा वडा नं ८ मा २० परिवारलाई १५ केजी चामल, २ किलो दाल १ लिटर तेलका दरले राहत सामग्री बितरण गरिएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्ली कुमार श्रेष्ठले बताउनुभयो । क्लबबाट १ लाख २५ हजार बराबर सामग्री सहयोग गरिएको क्लबका पुर्व सचिव कृष्ण पराजुलीले बताउनुभयो ।

यसैगरि वडा नं ५ मा रहेका ज्यालादारी मजदुरी गर्ने अतिविपन्न तथा अशक्त ३ सय घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ । टोलका सहयोगदाताबाट प्राप्त राहत सामग्री वितरण गरिएको हो ।

वडा नं ५ का वडाअध्यक्ष तेजप्रसाद सुनारले बिभिन्न टोल समितिका अध्यक्षहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । टोल समितिका अध्यक्षहरुले वडामा रहेका ज्यालादारी मजदुरी गर्ने अतिविपन्न ३ सय परिवारलाइ राहत सामग्री वितरण गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : १४ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग