८ बैशाख २०८२, सोमबार | April 21, 2025

कोरोना परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भए



काठमाडौ । चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिनेछ । ‘यो भोलिका दिन जहाँ बढी जरुरत हुन्छ, त्यहाँ पठाइनेछ’ समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताउनुभयो ।

उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री पठाइने निर्णय गरेको विडारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : ४६ बजे

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली

दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश